arrow

मोडल दिपशिखाको ‘एक घर एक ब्ल्याङकेट अभियान

जाडोका कारण अकालमा कसैले ज्यान गुमाउन नपरोस् भन्दै उनले अभियान चलाएकी हुन् ।

logo
प्रकाशित २०७२ पुष २६ आइतबार
dipshikha-foundation-cheque-handover.JPG.jpeg
काठमाडौं । मोडल दिपशिखा खड्का अध्यक्ष रहेको संस्था दिपशिखा फाउण्डेशनले दोलखा जिल्लाका भुकम्प पिडितका लागि ‘एक घर एक ब्ल्याङकेट’ अभियान संचालन गरेकी छिन् । 

गत शनिबार भक्तपुरको रोज भिलेजमा उनले औपचारिक रुपमा अभियानको थालनी गरेकी हुन् । उक्त कार्यक्रममा अध्यक्ष खड्काले दोलखाका बिभिन्न स्थानका पालमुनी रहेका तीन सय भन्दा बढी घरधुरीलाई जाडोको कपडा ‘ब्ल्याङकेट’ बितरण गर्ने जानकारी गराएकी छिन् । 

सच्चा सामाजिक कार्यका लागि आफुले फाउण्डेशन स्थापना गरेको बताउदै उनले आगामी दिनहरुमा बिभिन्न सामाजिक कार्यमा संस्था सकृय हुने बताईन् । आउदो शैक्षिक सत्रमा दश जना अनाथ र जेहेन्दार बिधार्थीलाई निस्शुल्क पढाउने समेत घोषणा गरेकी छिन् । 

सो अबसरमा उक्त अभियानका लागि उनी आफैले संस्थाका उपाध्यक्ष राजकुमार दंगाललाई पचास हजारको चेक हस्ताण्तरण गरेकी छिन् । यस्तै अभियानमा कृष्टिना खड्काले फाउण्डेशनलाई चौबिस हजारको चेक प्रदान गरेकी छिन् । कार्यक्रममा राजकुमार दंगालले पाँच हजारको चेक प्रदान गरेका थिए । 

अभियानमा साथ दिन खड्काले आग्रह समेत गरेकी छिन् । जाडोका कारण अकालमा कसैले ज्यान गुमाउन नपरोस् भन्दै आफुले यस किसिमको अभियान चलाएको उनले बताईन् ।  चार महिना अघि मात्र स्थापन भएको यस संस्थाले यो अबधिमा बिभिन्न क्षेत्रमा आफ्नो सकृयता देखाईसकेको छ । केहि समय अघि मात्रै सृजनशिल आश्रमलाई भौतिक सामाग्री बितरण गरेको थियो । भने,सडक बालबालिकाका लागि जाडोको कपडा बितरण गरिसकेको छ । 

यस संस्थाले सडक दुर्घटना परी अस्पतालको बिल तिर्न नसकेका लागि बिस हजार रुपैया समेत सहयोग गर्दै आएको छ । कार्यक्रममा दिपशिखा खड्का,राजकुमार दंगाल र निशा पाख्रिनले बोलेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ