arrow

कांग्रेस निर्वाचन निर्देशिका पारित, सर्वोत्कृष्ठ अर्थमन्त्री महतलाई बधाई

logo
प्रकाशित २०७२ पुष २६ आइतबार
congress-flag.jpg.jpeg.jpeg
काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पार्टीको आसन्न १३औं महाधिवेशनका लागि केन्द्रीय निर्वाचन समितिले प्रस्तुत गरेको निर्देशिका पारित गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको बैठकले “नेपाली कांग्रेस निर्वाचन निर्देशिका —२०७२” पारित गर्नु अघि निर्वाचन समिति संयोजक राधेश्याम अधिकारीले आरणा राखे । 
 
बैठकमा पार्टी उपसभापति रामचन्द्र पौडेल र केन्द्रीय सदस्य महेश आचार्यले पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा जानकारी गराए । बैठकले लण्डनबाट प्रकाशित हुने पत्रिका “द फिनान्सियल टाइम्स”को सह–प्रकाशन “द बैंकर” ले आफ्नो ९० औं वर्षगाँठको अवसरमा वर्ष २०१५ को लागि तत्कालिन नेपाली कांग्रेस नेतृत्वको सरकारका अर्थमन्त्री रामशरण महतलाई सर्वोत्कृष्ठ अर्थमन्त्रीको अवार्ड दिएकामा धन्यवाद ज्ञापन गरेको छ । 
 
बैठकपछि कांग्रेस पार्टी कार्यालयले जारी गरेको प्रेस विज्ञप्तीमा भूकम्प पश्चातको राहत एवं पुनःनिर्माण र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोग परिचालनमा अर्थतन्त्रलाई सुदृढ गर्ने क्रममा निर्वाह गरेको भूमिकाको लागि  एशिया प्यासिफिक र विश्वकै उत्कृष्ट अर्थमन्त्रीको रुपमा सम्मानित भएकामा तत्कालिन सरकार र अर्थमन्त्रीलाई बधाईका साथै सम्मानगर्ने संस्थालाई धन्यबाद ज्ञापन गर्ने निर्णय गरिएको उल्लेख छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ