- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । चिकित्सा क्षेत्र सुधारको माग गर्दै पटक–पटक संघर्ष गर्दै आएका डा. गोविन्द केसीले काठमाडौं नेशनल मेडिकल कलेजलाई दिएको सम्बन्धन खारेज नगरे फेरि अनसन बस्ने चेतावनी दिएका छन् । डा. केसीले आफूसँग गरेको सहमति विपरीत सरकारले नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिएको आरोप लगाउनु भएको छ ।
त्रिभुवन विश्वविद्यालयले कसैलाई थाहा नै नदिई नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिएको खुलेपछि डा.केसीले आइतबार विज्ञप्ति निकालेर फेरि अनसन बस्ने चेतावनी दिएका हुन् । डा. केसी ११औं अनसन बसिरहेका बेला त्रिविले सर्वोच्चको आदेश देखाउँदै नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिइएको थियो ।
संसदबाट चिकित्सा शिक्षा ऐन पारित नभई नयाँ मेडिकल कलेज नखोल्ने र सम्बन्धन पनि नदिने गरी आफूसँग भएको सहमतिलाई सरकारले लत्याएको डा.केसीको जिकिर छ । डा. केसीले त्रिभुवन विश्वविद्यालयले आइओएमको अधिकार फिर्ता गर्नुपर्ने र माथेमा कार्यदलको सुझाव अनुसार नै चिकित्सा शिक्षा ऐन संसदबाट तत्काल पारित गर्नु पर्ने माग पनि राखेका छन् ।