arrow

'गगन र प्रदिपसँगै नेतृत्व तहको कान्छो पुस्ता सँगै हिडोस भन्ने चाहना छ'

यूवाहरु एकिकृत रुपमा लागुन भन्ने कार्यकर्ता चाहना

logo
प्रदिप पौडेल,
प्रकाशित २०७२ पुष २६ आइतबार
pradip-poudel.jpg.jpeg
काठमाडौं। तराई मधेशका विभिन्न जिल्लाका काँग्रेस नेता कार्यकर्ताहरुसँग अन्तरक्रिया गरेर काठमाडौं आइपुगेका काँग्रेस नेता प्रदिप पौडेलले नेतृत्व तहमा रहेको कान्छो पुस्तालाई आम कार्यकर्ताहरुले सँगै हिडोस र पार्टीलाई सुदृढ बनाओस भन्ने चाहेको बताएका छन्। 
 
काँग्रेसका अर्का नेता गगन थापासँगै मध्य तराई हुँदै पूर्वाञ्चलका विभिन्न जिल्ला भ्रमण गरेर काठमाडौं आइपुगेपछि हाम्राकुरा डटकमसँग कुरा गर्दै पौडेलले भने " यूवा पुस्ताका नेताहरु गगनजी र मलाई देख्दा यूवा पुस्ताका साथीहरु मात्र हैन पाका उमेर समुहका स्थानिय नेता कार्यकर्ताहरुमा पनि खुसीको सञ्चार भएको थियो।" पौडेलले आम कार्यकर्ताहरुमा गगनजी र म मात्र हैन यो पुस्ताका सबै नेताहरु एक साथ नेतृत्वमा पुगुन भन्ने चाहना रहेको सुनाए। 
 
शसक्त काँग्रेस बनाउन यूवा पुस्ता सँगसँगै हिडोस भन्ने भन्ने सुझाव पाएको उल्लेख गर्दै पौडेलले भने " आपसी अन्तरविरोधहरु छन भने पनि त्यसलाई छोडेर यूवाहरु एकिकृत रुपमा लागुन भन्ने कार्यकर्ता तहमा मैले पाए।"
 
काँग्रेसको १३औं महाधिवेशनमा नयाँ सक्रिय सदस्यता लिएका अधिकांश नयाँ यूवा चेहरा रहेको जनाउँदै पौडेलले नेता छान्न आउने अनुहारहरु अधिकांश यूवा नै भएको कारण केन्द्रीय नेतृत्व तहको धेरै पदहरुमा यूवाहरु आउन सक्ने बताए। 
 
नेतृत्व तहमा कार्यकर्ता तहबाट चाहेको जस्तो परिवर्तन होला भन्नेमा आशावादी हुन नसकेपनि कान्छो पुस्ता पदाधिकारीहरुमा आउने सम्भावना रहेको कुरालाई भने पौडेलले नकारेनन।  
 
तराई मधेशमा पार्टी पङतिको कार्यकर्ताहरुबीचमा सविधानका कुरा बुझाउन र पार्टीको सांगठनिक गतिविधीका बारेमा स्थानिय नेता कार्यकर्ताहरुसँगको अन्तरक्रियाबाट फर्केका पौडेलले तराई मधेशमा स्वतन्त्र ढंगले अन्य राजनीतिक दलले काम गर्न नपाएको बताए। मोर्चाले अन्य प्रतिष्पर्धी राजनीतिक दलका नेता कार्यकर्तालाई गतिविधीमा रोक लगाइएको प्रसङग उल्लेख गर्दै पौडेलले भने की त भिड्नु पर्‍यो हैन मिलाएर जाने हो भने मोर्चाले अतिवाद छाड्नुपर्छ। 
 
महाधिवेशन अगाडी तराई मधेशको जिल्लाहरुमा काँग्रेसको गाउँ, नगर, क्षेत्र र जिल्ला स्तरका अधिवेशनहरु सहज ढंगले हुने अवस्था नरहेको पनि पौडेलले बताए। काँग्रेसले मोर्चालाई मिलाएर तराईको अखवस्था सहज बनाउनुपर्ने बताए।
 
काँग्रेस नेता पौडेल र गगन थापा मध्य तराईका भ्रमणमा निस्केका थिए। तराई मधेश आन्दोलित भइरहँदा तराई मधेशका समस्या र तिनका समाधानमा केन्द्रमा भइरहेका पहलहरुमा पार्टीका स्थानिय कार्यकर्ताहरु र सर्वसाधारणसँग छलफल र अन्तरक्रिया गरेर थापा र पौडेल फर्किएका थिए। 
 
पौडेलसँग गरिएको कुराकानीको भिडियोका लागि यहाँ हेर्नुहोला। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ