arrow

निधिले संसदमा ओलीको आलोचना गरे

logo
प्रकाशित २०७४ भदौ ५ सोमबार
bimalendra_nidhi_647_082016021940.jpeg

काठमाडौं । काँग्रेस सांसद विमलेन्द्र नीधिले प्रतिपक्षी नेकपा एमाले नै प्रमुख संविधान संशोधनको वाधक भएको बताएका छन् ।
संसद बैठकमा संविधान सशोधनमाथि सोमबार भएको दफावार छलफलमा भाग लिदै निधिले बादविवाद र छलफलपछि संशोधन विधेयक छलफल आएपनि एमालेले विधेयकको सधै विरोध गरेर मधेसी जनतालाई अधिकार दिन नचाहेको बताए ।

पूर्व गृहमन्त्रीसमेत रहेका निधिले संशोधनका लागि समेटिएका भाषा, नागरिकता, सिमाङकन जस्ता विषय महत्वपुर्ण भएकाले समर्थन गर्न अनुरोध गरे । निधिले भने, ‘समावेशी संविधान जारी भएपनि त्यसमा प्रमुख दलबाहेकका दलहरु बाहिरै छन् । उनीहरुलाई पनि संविधानको स्वीकार्यता गर्न जरुरी छ ।’

तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले संविधान जारी गर्दाका अवस्थामा असन्तुष्टपक्षलाई मान्य हुने गरी संशोधन गरिनेछ भनेको र अन्य राजनीतिक दलहरुले संविधानलाई गतिशिल दस्तावेज भने पनि संशोधन गर्ने कुरामा एमाले सधै बाधक बनेको निधिको भनाई छ ।  

निधिले सिमाङ्कनका सम्बन्धमा ५ नम्बर प्रदेशको हेरफेर गर्न केपी ओलीले आफैले हस्ताक्षर गरेपनि त्यसको उल्लंघन गरेको भन्दै आलोचना गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ