arrow

संविधान संशोधन प्रस्तावमाथि छलफल जारी

logo
प्रकाशित २०७४ भदौ ५ सोमबार
Parliyament-news-aaja.jpeg

काठमाडौँ। व्यवस्थापिका–संसद्मा नेपालको संविधान दोस्रो संशोधन विधेयक, २०७३ माथिको दफावार छलफल जारी छ । उक्त प्रस्तावमाथिको आजको छलफलमा भाग लिन ५१ सांसदले नाम लेखाएका छन् । छलफलमा भाग लिन चाहने सांसदलाई बोल्नका लागि तीन मिनेटको समय प्रदान गरिएको छ ।

संशोधन विधेयकमाथि ५० संशोधन दर्ता छन् । नेपालको संविधान दोस्रो संशोधन प्रस्ताव आजै निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । उक्त प्रस्तावमाथिको छलफलमा वर्तमान सरकारलाई समर्थन गर्ने राजनीतिक दलका सांसदले पक्षमा बोल्दै संशोधनको बचाउ गरेका छन् ।  भने प्रमुख प्रतिपक्षीलगायत केही दलले भने नेपाली जनताको हितमा नरहेको भनी विरोध गर्दै आएका छन् ।  

संघीय समाजवादी फोरम नेपालका उपेन्द्र यादवले संशोधन विधेयक केका लागि ल्याइएको हो भनी प्रश्न गर्दै आफू संशोधनको पक्षमा रहे पनि संशोधनले मधेशी आदिवासीको समस्यालाई सम्बोधन नगर्ने बताए ।

नेकपा (एमाले)का टीकाराम चेम्जोङले संशोधन प्रस्ताव असफल हुन्छ भन्ने जान्दाजान्दै किन छलफलमा ल्याइएको भनी प्रश्न गरे। एमालेकै शेरबहादुर तामाङले संविधान संशोधनको विषय सैद्धान्तिक रुपमा गलत रहेको धारणा राखे भने हर्कबोल राईले संशोधन प्रस्ताव मुलुकका हितमा नरहेकाले फिर्ता लिनुपर्ने धारणा राखे।


नेपाली काँग्रेसका चित्रलेखा यादवले सबै वर्ग र क्षेत्रको प्रतिनिधित्वका लागि संशोधन आवश्यक रहेकाले यसका पक्षमा मतदान गर्न आग्रह गरिन् ।  नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काफ्लेले संशोधन जनताको भन्दा पनि नेताको हितमा रहेको धारणा राखे । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ