arrow

उमेशजंग भन्छन ' लिभर ट्रान्सप्लान्ट पछि पुनर्जन्म पाए '

गगन थापा जनसम्पर्क समितिको कार्यक्रममा भारतमा

logo
प्रकाशित २०७२ पुष २७ सोमबार
umeshjung.jpg.jpeg
भारत। नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री उमेसजंग रायमाझी यतिखेर उपचारका लागि भारतमा छन्। अत्यन्तै महंगो उपचारका क्रममा उनी भारत गएका थिए। 'लिभर ट्रान्सप्लान्ट' नै गर्नुपर्ने उपचार चानचुने आँट र खर्चमा हुने कुरा पनि थिएन। उपचार नै गर्न खर्च वन्दोवस्ती गर्नसकेपनि लिभर पाउनुपर्ने र पाएपनि अप्रेसन पछि सफल हुनेहोकी नहुने भन्ने खतरा कायम हुन्थ्यो। 
 
तर भगवान दाहिना भए भन्नुपर्‍यो। उनी पनि त्यस्तै सोच्छन। उनको उपचार खर्चमा लाग्ने रकमको जोहो मात्र भएन । सबैकुरा राम्रो भयो। नभन्दै उनको स्वास्थ्य पुरानै अवस्थामा फर्कदै गएको छ। 
 
दिल्लीस्थित एक अस्पतालमा उपचार गराएका रायमाझीले त्यहाँ उपचारपछिको फलोअप कायम राखेका छन्। भारतमा नेपाली समुदायले गरेको कार्यक्रममा फाट्टफुट्ट पुग्ने रायमाझी आइतवार नेपाली जन सम्पर्क समिति भारतले गरेको कार्यक्रता प्रशिक्षण कार्यक्रममा पनि पुगे। 
 
आईतबार नयाँ दिल्ली आईटिओस्थित उर्दु घरमा गरिएको प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथीका रुपमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापा पाएपछि रायमाझी पनि त्यहाँ जसरी पनि आउने भन्दै आए। काँग्रेसमा नीकै सम्भावना भएका रायमाझी अचानक विरामी भएपछि केहि समयदेखि ओझेलमा परेका थिए। 
 
रायमाझीलाई भारत उपचार गर्न पठाउनु अघी नेपाल विद्यार्थी संघमा काम गरेका पूर्व अध्यक्ष र महामन्त्रीहरुले उनको उपचारका लागि सबै पहल गरेका थिए। गगनलाई भाइको रुपमा हेर्ने उमेशजंगले उनकै अगाडी प्रशिक्षण कार्यक्रममा भने 'यो मेरो पूनर्जन्म हो। यसको जस सबै तपाइहरुलाई जान्छ।' रायमाझीले लिभरको उपचारपछि आफु पुनः जन्म पाएकोमा सबै सहयोगी, शुभचिन्तकहरुलाई धन्यवाद दिए। 
 
उत्तर भारत क्षेत्रीय अध्यक्ष कृष्ण प्रसाद पाण्डेको अध्यक्षता भएको प्रशिक्षण कार्यक्रममा काँग्रेस नेता गगन थापाले संविधान कार्यान्वयनका चुनौतिहरुको बारेमा बोलेका थिए। मधेश आन्दोलनको कारण र समाधानको बारेमा प्रस्ट्याउँदै थापाले नेपाली काँग्रेसको लोकतान्त्रिक पद्धति विजयी भएको दावी गरे। अहिलेका सबै समस्याको समाधान गर्दै संविधानमा रहेका कमिकमजोरीहरुलाई सच्याउँनुपर्ने उनको भनाइ छ। देश विकास नेपाली काँग्रेसले नै गर्ने ठोकुवा थापाको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ