arrow

के के हुदैछ आज पृथ्वीजयन्तीमा

logo
प्रकाशित २०७२ पुष २७ सोमबार
prithvi-narayan.gif.gif
काडमाडौं । सरकारीस्तरबाट बेवास्ता गरिएपनि आज नागरिकस्तरबाट विभिन्न कार्यक्रमहरुको आयोजना गरी पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाईदै छ । 
 
लोकतन्त्रपछिको सरकारले औपचारिक रुपमा यो दिवस मनाउन छाडेको हो । सरकार पृथ्वी जयन्तीको पक्षमा नदेखिएपनि सरकारमै रहेका कतिपय दलहरु भने राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सम्मान  संझनामा उनी जन्मेको दिन आज राष्ट्रिय एकता दिवस मनाउनु पर्नेमा जोड दिएका छन् । 
 
उपप्रधानमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफु सरकारमै भएर पनि आफुले आजको दिनलाई दिवसको मान्यता दिलाउन नसकेको भन्दै खेद व्यक्त गरेका छन् । उनले भनेका छन्, “अथक प्रयासका बाबजुद आफै सरकारमा रहदाँपनि पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउने निर्णय गर्न नसकेकोमा म दुःख र खेद प्रकट गर्दछु । ” 
 
राप्रपा नेपाल बाहेक राप्रपा, नेकपा एमाले, एमाओवादी लगायतका पार्टीका पनि कतिपय नेताले आजको दिनलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउनु पर्ने सार्वजनिक अभिव्यक्ति दिदै आएका छन् । 
 
दोस्रो जनआन्दोलनबाट राजसंस्थाको अन्त्य भएपछि राजाका नाममा रहेका हरेक कुरालाई हटाउने प्रबृत्ति अनुसार यो दिवसलाई हटाईएपनि उनलाई अन्य राजाको तुलनामा हेर्न नमिल्ने धेरैको बुझाई छ । अहिले राष्ट्रियता र एकतामा खतरा बढीरहेका बेला उहाँको संझना र राष्ट्रिय एकता दिवस अझ आवश्यक भएको दिवसको माग गर्नेहरुको तर्क छ । 
 
नेपाललाई अहिलेको अवस्थामा ल्याउन महत्वपूर्ण भूमिका खेलेका पृथ्वीनारायण शाहलाई धेरैले राष्ट्र निर्माता भनेर पुकार्छन् । 
 
उनकै संझनामा आज देशका मुख्य मुख्य सहरहरुमा मात्रै नभई गाँउ गाँउ र विदेशमा समेत धेरै कार्यक्रमहरुको आयोजना गरिएका छन् । 
 
पृथ्वी जयन्तीको अवसरमै रत्नपार्कदेखि भद्रकाली सम्म विषेश र्यालीको आयोजना गरिएको छ भने बत्तिस पुतलिमा पनि कार्यक्रमको आयोजना गरिएको छ । 
 
राप्रपा नेपालले पुलिस क्लव, प्रदर्शनी मार्गमा चियापान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा सरकारका उच्चपदस्थ अधिकारी देखि विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई आमन्त्रण गरिएको राप्रपा नेपालले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ