arrow

उच्चपदस्थको सम्पत्ति बारे अदालतले के गर्ला

logo
प्रकाशित २०७२ पुष २७ सोमबार
adalat.jpg.jpeg
काठमाडौँ । लाभको पदमा पुगेको उच्चपदस्थहरुको सम्पत्ति छानविन गर्ने विषयमा आज सोमवार सर्वोच्च अदालतमा बहस हुने भएको छ । 
 
पञ्चायतकालदेखि गणतन्त्रसम्मका प्रधानमन्त्री, प्रधान न्यायाधीश, मन्त्रीलगायत उच्च पदस्थ व्यक्तिको सम्पत्ति छानबिन गर्न भन्दै सर्वोच्चमा दर्ता भएको मुद्दा माथी आज सोमवार छलफल हुन लागेको हो । वहस विहान ११ बजेबाट सुरु हुने अदालतले जनाएको छ । 
 
पूर्वराजबन्दी एवम् राजनीतिकर्मी कृष्ण केसीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, व्यवस्थापिका–संसद् सचिवालय र सभामुखलाई विपक्षी बनाइ दर्ता गर्नुभएको हो । 
 
निवेदनमा जिम्मेवार सार्वजनिक पदमा नियुक्ति वा मनोनित वा निर्वा्चित हुँदा सम्पत्ति विवरण सार्वजनिक नगरिएको वा अद्यावधिक नगरिएको भन्दै निजहरुको हैसियत अस्वाभाविक र अमिल्दो देखिएमा सबैलाई कारबाही गर्न एक अधिकारसम्पन्न संसदीय छानबिन समिति गठन गर्नु पर्ने लगायत माग गरिएको छ । 
 



नयाँ