arrow

अक्षयको 'ट्वाइलेट' हेरेपछि आमिरले भने- अब बलिउडमा खान मात्र छैनन्

आमिरको चलचित्र ‘सेक्रेट सुपरस्टार’ को गीत सार्वजनीक

logo
प्रकाशित २०७४ भदौ ७ बुधबार
secrate_superstar.jpg

एजेन्सी । बलिउड अभिनेता आमिर खानले 'स्टारडम' को कुरामा  तीन खान अभिनेताहरुको  मात्र नाम लिनु उपयुक्त नहुने बताएका छन् । उनले बलिउडमा  लोकप्रिय र राम्रो अभिनय गर्न सक्ने अन्य कलाकार पनि रहेको सुनाए ।   सोमबार आफ्नो चलचित्र ‘सेक्रेट सुपरस्टार’ को गीत सार्वजनीक कार्यक्रममा पुगेका आमिरले भने  सो कुरा बताएका हुन् ।  

उनले भने , 'मेरो विचारमा  स्टार को बारेमा कुरा गर्दै गर्दा तपाई केवल तीन खान (शाहरुख, सलमान र आमिर) को मात्र लिनु उचित हुदैन । हाम्रो चलचित्र उद्योगमा कयौ प्रतिभाशाली स्टार पनि छन् , जो धेरै लोकप्रिय छन् । यसको उदाहरण  अक्षयको चलचित्र ‘ट्वाइलेट  : एक प्रेम कथा’ हो । जसको  प्रदर्शन निकै राम्रो रहेको छ र दर्शकहरुले निकै रुचाएका छन् । '

 शाहरुख , सलमान  र आमिरको चलचित्र सधै रिलीजको तीन-चार दिनमै १ सय करोड  कमाइ गर्ने गरेको छ । तर यस पटक  शाहरुखको चलचित्र ‘जब हेरी मेट सेजल’ र सलमानको  ‘ट्यूबलाइट’ बक्स अफिसमा फ्लप भएको छ ।

यसै सिलिसलामा आमिरले भने“ भन्न चाहान्छु कि यो ठुलो कुरा हो  प्रवृत्ति बद्लिदै  छ । तर मलाई लाग्छ  प्रत्येक रचनात्मक व्यक्तिको  जीवनमा उतारचढाव आइरहन्छ । हामि सबै आफ्नो काम राम्रो बनाउन पुरै प्रयत्न गर्छौ ।   हामि सबैलाई मन पर्ने चलचित्र बनाउने  कोशिश गर्छौ । कहिले सफल हुन्छौ कहिले हुदैनौ।”

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ