arrow

गोल्डेन ग्लोबमा लियाेनार्दो सर्वोत्कृष्ठ (सूचीसहित)

लियाेकै फिल्मले ‘सर्वश्रेष्ठ फिल्म(ड्रामा)’को अवार्ड पनि जित्यो ।

logo
प्रकाशित २०७२ पुष २७ सोमबार
Leonardo.jpg.jpeg
लसएञ्जल्स। अमेरिकाको लसएञ्जल्समा भएको ७३ औं संस्करणको गोल्डेन ग्लोब अवार्डमा अभिनेता लियोनार्दो डी कार्पियो फिल्म ‘द रेवेनान्ट’का लागि ‘सर्वश्रेष्ठ अभिनेता(ड्रामा फिल्म’ घोषित भएका छन् । यो फिल्मले ‘सर्वश्रेष्ठ फिल्म(ड्रामा)’को अवार्ड पनि जित्यो ।

अवार्ड हात पारेपछि फिल्मका निर्देशक एलेजेन्द्रो एनारिंटु प्रति सम्मान व्यक्त गर्दै ४१ वर्षे अभिनेता लियोनार्दोले फिल्म अस्तित्व, आत्माको जीत र सबैभन्दा बढी भरोसाको बारेमा रहेको बताए । कार्यक्रममा सर्वश्रेष्ठ निर्देशकको अवार्ड पनि लियोनार्दोकै फिल्मका लागि एलेजेन्द्रो एनार्रिटुले जिते । कमेडी वा म्युजिकल फिल्मको श्रेणीमा उत्कृष्ठ अभिनयको अवार्ड जेनिफर लरेन्सले फिल्म ‘जोय’का लागि पाइन् । 

अभिनेता मैट डेमोनले मोशन पिक्चर(कमेडी वा म्युजिकल) विधामा सर्वश्रेष्ठ अवार्ड फिल्म ‘द मार्शियन’का लागि पाए । गोल्डेन ग्लोब समारोहको रातको कार्यक्रममा पहिलो अवार्ड ब्रिटेनकी अभिनेत्री केट विन्स्लेटले फिल्म ‘स्टीव जब्स’का लागि सर्वश्रेष्ठ सहायक अभिनेत्रीको अवार्ड पाईन् । यसै फिल्मका लागि सर्वश्रेष्ठ फिल्म पटकथाको अवार्ड आरोन सोरकिनले पाए । 

यस्तै सर्वश्रेष्ठ विदेशी फिल्मको अवार्ड हंगेरीको फिल्म ‘सन अफ सोल’ले पायो । बक्स अफिसमा सर्वाधिक सफल भईरहेको फिल्म ‘स्टार वार्सः द फोर्स अवेकन्स’ कुनै पनि मनोनयनमा परेन । टीभी मुभी वा मिनी सिरिजमा लेडी गागालाई अमेरिका हरर स्टोरी ‘होटल’का लागि अवार्ड दिईयो । कार्यक्रममा डेनजेल वासिङटनलाई सेसिल बी डीमिले अवार्ड दिने घोषणा गरिएको छ । यो अवार्ड मनोरञ्जनको दुनियाँमा उत्कृष्ट योगदान दिने व्यक्तिलाई दिइन्छ । ६१ वर्षे डेनेजलका साथ पुरस्कार लिनका लागि उनको छोरा मालकोमसहित पुरा परिवार उपस्थित थिए । हलिउडको प्रतिष्ठित गोल्डेन ग्लोब अवार्ड ग्ल्यामरका लागि विश्व प्रसिद्ध छ ।
बेस्ट मोसन पिक्चर, ड्रामास्                             द रेभनेन्ट
बेस्ट मोसन पिक्चरस म्यूजिकलरकमेडीस्            द मार्सियन
बेस्ट डिरेक्टरस्                                             एलेजान्द्रो गोन्जालेस( द रेभनेन्ट
बेस्ट एक्टरस मोसन पिक्चर ड्रामास्                   लियोनार्दो डि क्याप्रियो( द रेभनेन्ट
बेस्ट एक्टरस मोसन पिक्चर म्यूजिकलरकमेडीस्    म्याट डेमन( द मार्सियन
बेस्ट एक्ट्रेसस मोसन पिक्चर ड्रामास्                  जेनिफर लरेन्स( जोय
बेस्ट एक्ट्रेसस मोसन पिक्चर म्यूजिकलरकमेडीस्  ब्रेइ लार्सन( रूम
बेस्ट सपोर्टिङ् एक्टरस मोसन पिक्चरस्              सिल्भेस्टर स्टेलन( क्रिड
बेस्ट सपोर्टिङ् एक्ट्रेसस मोसन पिक्चरस्             केट विन्सलेट( स्टिभ जब्स
बेस्ट स्क्रिनप्लेस्                                         आरोन सोरकिन( स्टिभ जब्स
बेस्ट ओरजिनल स्कोरस्                               इनियो मोरिकोन( द हेटफूल एट
बेस्ट ओरजिनल सङ्स्                                 राइटिङ् अन द वाल( स्पेक्ट्र
बेस्ट फरेन ल्याङ्ग्वेज फिल्मस्                      सन अफ सउल( हङ्गेरी
बेस्ट एनिमेटेड फिचर फिल्मस्                      इनसाइड आउट



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ