arrow

बलिउड डेब्यू गर्दै काजोलकी वहिनी, १५ वर्ष जेठा इमरान हाशमी बने प्रेमि

logo
प्रकाशित २०७४ भदौ ८ बिहिबार
imran_hasmi.jpg

एजेन्सी । १६ बर्ष पहिले रिलिज भएको चलचित्र ‘कभि खुशी कभि गम’मा काजोलकी वहिनी र बाल्यकालको करीना बनेर चर्चा कमाएकी मालभिका राज बलिउडमा ड्यबु गर्दै छिन् ।  मालविका बले बेलामा आफ्ना तस्विरहरु  सामाजिक सञ्चालमा सेयर गरेर चर्चामा आउने गरेकी छन् ।   

२३ बर्षीय  मालविका बलिउडका सीरियल किसर इमरान हाशमीसँग 'क्याप्टेन नवाब' चलचित्रमा अभिनय गर्ने तयारीमा रहेको बताइन्छ । हाशमी मालविका भन्दा   १५ वर्ष जेठा हुन् ।   मालविका, इमरानको  प्रेमिका बन्ने चलचित्रको निर्देशन  टोनी डिसूजाले गर्नेछन् ।   

मालविकाले सो चलचित्रलाई लिएर निकै उत्साहित रहेको बताइन् ।  उनले भनिन् , " मेरो भुमिका 'पर्फर्मेन्स ओरेन्टिएड' हुनेछ । मलाई चलचित्रको स्क्रिप्ट मन पर्‍यो । मैले मेरो भुमिकाको लागि अहिले देखि तयारि सुरु गरेको छु । यसको लागि म उर्दू र पन्जाबी भाषाको तालिम लिइरहेको छु ।"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ