arrow

पार्टीको आगामी महाधिवेशन नमुनाको अधिवेशन : शेखर कोइराला

logo
प्रकाशित २०७२ पुष २७ सोमबार
shekhar-Koirala.jpg.jpeg
कञ्चनपुर। नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको आगामी १३औँ महाअधिवेशन नमुनाको अधिवेशन हुने बताउनुभएको छ । आज कञ्चनपुरको झलारीबजारमा अयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले ६०-४० नभनी एकजुट भएर अगाडि बढ्न कार्यकर्तालाई आग्रह गर्नुभयो । पार्टीभित्र गुट–उपगुट नभई एकजुट भएर योग्य व्यक्तिलाई अधिवेशनका लागि छनोट गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 
 
नेकपा (एमाले)सँग सरकार गठनका सम्बद्धमा कुनै किसिमको भद्र सहमति नभएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “पार्टीले प्रतिपक्षमा बस्ने निर्णय स्वविवेकले लिएको हो ।” मधेसमा देखिएको समस्या अन्त्य गर्नका लागि सबै राजनीतिक दलको सहकार्य जरुरी रहेको उहाँले बताउनुभयो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ