arrow

बेलन डि’अर : मेसी कि रोनाल्डो वा नेमार ?

logo
प्रकाशित २०७२ पुष २७ सोमबार
DI-ar.jpg.jpeg
एजेन्सी । फुटबल खेलमा विश्वको सर्वोच्च पुरस्कार फिफा बेलन डि’अर २०१५ को घोषणा हुँदैछ । आइतबार (आज) घोषणा हुने अवार्डका लागि अर्जेन्टाइनी स्टार एवं बार्सिलोनाका मुख्य फरवार्ड लियोनल मेसी, पोर्चुगिज स्टार एवं रियाल मड्रिडका मुख्य फरवार्ड क्रिष्टियानो रोनाल्डो र ब्रजिलियन स्टार एवं बार्सिलोनाका फरवार्ड नेमार अन्तिम तीनमा परेका छन् । 
 
तीन खेलाडी मध्य एक विश्वका सबैभन्दा उत्कृष्ट खेलाडीको ताजले सम्मानित हुने छन् ।   स्वीट्जरल्याण्डको ज्यूरिचमा पुरस्कारका घोषणा हुँदैछ । यसकासाथै अन्य विभिन्न खेल विधाको पुरस्कार घोषणा हुनेछ । सन् २००८ देखि २०१४ सम्म दुई खेलाडी मेसी र रोनाल्डोले उक्त उपाधि हात पारी रहेका छन्, भने यसपटक समेत ती दुई मध्य एकले उपाधि हात पार्ने अनुमान छ । रोनाल्डोले सन् २००८, २०१३ र २०१४ गरी तीन पटक उक्त उपाधि जितेका छन्, भने मेसीले २००९ देखि २०१२ लगातार ४ पटक उक्त अवार्ड कब्जा गरेका छन् ।  
 
बेलन डि’अर २०१५ का लागि २१ नोभेम्बर, २०१४ देखि २० नोभेम्बर, २०१५ सम्म प्रदर्शनलाई आधार मान्ने गरिएको छ । यसैक्रममा उत्कृष्ट रक्षापंक्ती एवं गोलकिपर र उत्कृष्ट मध्यपंक्तीका खेलाडीले समेत अवार्ड पाउने छन् । रोनाल्डो, मेसी, नेमार तीनै जना उत्कृष्ट अग्रपंक्तीको उपाधिकालागि प्रतिस्पर्धामा छन् । 
 
मेसीले गत सिजन ५ वटा उपाधि हात पारेका थिए । उनी ५८ गोल गर्न सफल भए । उनको टिम अर्जेन्टिना कोपा अमेरिकाको फाइनल पुगे पनि उपाधि रक्षा गर्न सकेन । क्रिष्टियानो रोनाल्डोले ६१ गोल गरे पनि उनको पोल्टामा कुनै उपाधि परेनन् । पहिलो पटक अन्तिम तीनमा परेका नेयमारले ३९ गोल गरेका थिए । 
 
मेसी सन् २००७ बाट लगातार अन्तिम तीनमा स्थान बनाउन सफल भएका छन्, भने रोनाल्डोले सन् २०१० बाहेक सन् २००७ देखि लगातार अन्तिम तीनको स्थान पाएका छन् । सन् २०१५ को प्रतिस्पर्धा समेत मेसी र रोनाल्डोबीच नै हुने पक्का–पक्की भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ