arrow

निर्देशक भुवन केसीले भने,‘ड्रिम्सकाे प्रतिष्पर्धा हलिउड र बलिउडसँग’

दर्जनौं हिट फिल्म दिईसकेका चर्चित अभिनेता भुवन केसी दर्शकमाझ पहिलोपटक निर्देशकका रुपमा आएका छन् ।

logo
प्रकाशित २०७२ पुष २७ सोमबार
Bhuwan-Dreams.jpg.jpeg
काठमाडौं । तीस वर्षको फिल्मी करियरमा झण्डै सय बढी फिल्ममा अभिनय गरेर दर्जनौं हिट फिल्म दिईसकेका चर्चित अभिनेता भुवन केसी दर्शकमाझ पहिलोपटक निर्देशकका रुपमा आएका छन् । उनको डेब्यु निर्देशन रहेको फिल्म ‘ड्रिम्स’ले राजधानीमा पहिलो पत्रकार सम्मेलन गर्दै फिल्मको ट्रेलर र एक गीत सार्वजनिक ग¥यो ।

कार्यक्रममा निर्देशक भुवनले आफ्नो अभिनयलाई मनपराएका दर्शकले निर्देशनलाई पनि रुचाउनेमा विश्वास व्यक्त गरे । ‘मैले यो फिल्ममा ३० वर्षको फिल्मी अनुभवसँगै नयाँ पुस्तासँग पहिलो पटक काम गरेको अनुभव पनि जोडेको छु,’उनले भने,‘अघिल्ला फिल्ममा जस्तो यो फिल्ममा पनि दर्शकले मेरो छोरा अनमोलको कामलाई रुचाउनुहुनेछ ।’ भुवनले आफुले बलिउड र हलिउडका फिल्मसँग प्रतिष्पर्धा गर्ने किसिमको फिल्म बनाएको दाबी गरे । 

अभिनेता अनमोल केसीले फिल्मले प्रेमकथालाई प्रस्तुत गरेकाले आफु अभिनित अघिल्लो फिल्म ‘जेरी’ भन्दा ड्रिम्सको कथाबस्तु राम्रो भएको बताए । फिल्मबाट नायिका रुपमा प्रवेश गरेकी साम्राज्ञीराज्य लक्ष्मी शाहले पहिलो फिल्ममा काम गर्दा डर लागे पनि भूवन र अनमोलको सहयोगले त्यो डर हटेको बताईन् । 

सुपरकाजल फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको फिल्ममा भुवनसँगै डा. कपिल रिजाल र भानु फुँयालको लगानी छ भने उनीहरुलाई लगानीमा सत्यनारायण केयल र कृष्ण पाण्डेले सहयोग गरेका छन् । दिवाकर भट्टराईको एसोसिएट निर्देशन रहेको फिल्ममा अनमोल र साम्राज्ञीसँगै दर्शना केसी, सन्ध्या केसी, अमित श्रेष्ठ र न्यान्सी थापालगायतको पनि अभिनय छ ।

सामिप्यराज तिमल्सेनाको पटकथा र संवाद रहेको फिल्ममा वनिष शाह र मिलन श्रेष्ठको सम्पादन, विशेष, रोधित र हरकुलिश बस्नेतको संगीत, कविराज गहतराजको नृत्य, चन्द्र पन्तको द्वन्द्व र पुरुषोत्तम प्रधान तथा सञ्जय लामाको छायांकन छ । फिल्म फागुन २१ बाट अल नेपाल प्रदर्शनमा आउँदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ