arrow

ऋषि पञ्चमीमा यस्तो छ सप्तर्षिको पूजा र ब्रत विधि  

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७४ भदौ १० शनिबार
panchami.jpg

काठमाडौं । ऋषि पञ्चमी पर्वको विशेष महत्व भनेको नै गंगास्नान हो । नजिकैको नदीमा गएर स्नान गरी ३६५ वटा दत्तिवन टोक्ने प्रचलन रहेको छ । यसले वर्षभरी नजानिँदो पाराले गरिएको पापको नष्ट हुने जनविश्वास छ । 

तर, यो पर्व मनाईन्छ कसरी ? कुन् विधिले यो पर्व मनाउने त ? यसलाई सिलसिलेवर रुपमा हेर्नुहोस् यसको ब्रत र पूजा विधि :

- प्रातः कालमा नदी आदि पानी बगिरहने स्थानमा गएर स्नान गरी स्वच्छ वस्त्र पहिरिने 

- त्यसपछि घरको कुनै स्थानमा पृथ्वीलाई शुद गर्नको लागि लिपपोट गरी एउटा मण्डल तयार पार्ने र त्यसमा सप्तऋषि स्थापना गर्ने । 

- यसपछि गन्ध, पुष्प, दीप, नैवेद्य, आदिद्वारा सप्तर्षिको पूजा गर्ने

- त्यसपछि निम्न मन्त्रद्वारा अर्घ दिने गरिन्छ 
'कश्यपोऽत्रिर्भरद्वाजो विश्वामित्रोऽथ गौतमः।
जमदग्निर्वसिष्ठश्च सप्तैते ऋषयः स्मृताः॥
दहन्तु पापं मे सर्वं गृह्नणन्त्वर्घ्यं नमो नमः॥ ' 

- त्यसपछि ऋषि पञ्चमी कथा सुनेर आरती गरी प्रसाद वितरण गरिन्छ । 

- पूजा आराधना गरिसकेपछि पृथ्वीमा पैदा भएको शाकादि आहार खान सकिन्छ ( यस प्रकारको पूजा सात वर्षसम्म पुगिसमेको छ भने हरेक आठौं वर्षमा सप्त ऋषिको सुनको सात मूर्ती बनाउनु पर्छ । 

- तत्पश्चात कलश स्थापन गरेर यथाविधिले पूजा गरिन्छ ।

- अन्तमा सात गोदान तथा सात युग्मक(ब्राह्मणलार्इ भोजन गराएर पूजा विसर्जन गरिन्छ ।    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ