arrow

सिंहदरबार अगाडिका राजा पृथ्वीनारायण रत्नपार्कमा हत्यारा

logo
प्रकाशित २०७२ पुष २७ सोमबार
pirthibi-narayen.jpg.jpeg
काठमाडौं । हातमा राष्ट्रिय झण्डा, शरीरमा पहेलो ज्याकेट, काँधमा सयपत्रीको ठूलो माला बोकेर झण्डै ५० बढी युवादेखि वृद्धवृद्धा सिंहदरबारको मूल गेट अगाडि गणतन्त्रविरोधी नारा लगाउँदै सडकमा देखिए । पहेलो ज्याकेटमा डमरु र त्रिशुल चिन्ह अंकित शिव सेना नेपालको टिसर्ट लगाएका युवा जमात गणतन्त्र विरोधी र राजतन्त्र समर्थित नारा लगाएर भद्रकालीदेखि सिंहदरबारको बीचमा निस्कँदा सडकमा हिँडिरहेका पैदल यात्रुदेखि गुडिरहेका सवारीसाधन एका–एक जाममा परे । 
 
‘राजा आऊ देश बचाउ’, ‘गणतन्त्र मुर्दावाद’, ‘राजतन्त्र जिन्दावाद’ र ‘हिन्दु राष्ट्र कायम गर’ जस्ता नारा लगाउने युवा र वृद्धवृद्धाको गतिविधि हेर्ने सडक छेउका रमिते मोबाइल निकालेर फोटो खिच्न व्यस्त थिए । सञ्चारमाध्यमको उपस्थिति न्यून थियो । क्यामरा देखिए तिर सोझिएर एक अधवैंशे ‘राजा आऊ देश बचाउ’को पंक्तिकारले हुललाई उत्तेजित पारिरहेका थिए ।  
 
उनीहरुको नाराबाजी  र प्रदर्शन पृथ्वी जयन्तीको अवसर पारेर गरेको हो भन्ने लख काट्न धेरै समय लागेन । काँधमा माला र हातमा राष्ट्रिय झण्डा बोकेर हिडिरहेका उनीहरुले सिंहदरबारको गेट अगाडि पृथ्वीनारायणको सालिकमा लगाइदिएपछि केहीबेर त्यही राजतन्त्रको समर्थनमा नाराबाजी गरे ।
 
पृथ्वीनाराणको सालिक अगाडि बाटो छेकेर उभिएका सुरक्षाकर्मीहरु समेत जुलुस आएपछि बाटो छोडिदिँएर कोही दाँयाबाँया बसे भने कोही सालिक छेउमै उभिएर सुरक्षा दिइरहे । अघि बढ्दा भद्रकालीमा झुण्ड–झुण्डको भाषण कार्यक्रम देखियो । युवतीदेखि वृद्ध उमेरका राजावादीहरु जोडतोडका साथ गणतन्त्रको विरोध गर्दै भाषण गरिरहेका थिए । भद्रकाली र सिंहदरबारको दृश्य नियालेपछि रत्नपार्क पुग्दा त्यहाँ अनौठो दृश्य देखियो । एउटा व्यार्नरमा पृथ्वीनारायण शाहको तस्वीरमा रातो पोतेर लेखिएको थियो,‘हत्यारा पृथ्वीनारायण शाह ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ