arrow

'थप एक वर्ष तालिम'को व्यवस्थाले समस्या गरेको भारतमा सिए पढिरहेका नेपालीको गुनासो 

logo
प्रकाशित २०७४ भदौ १० शनिबार
CA_India.jpg

काठमाडौं । भारतमा सि ए अध्ययन गर्दै आईरहेका विद्यार्थीहरुको एउटा  समूहले भारत भ्रमणमा रहेका  प्रधानमन्त्री सहित अन्य मन्त्रीहरुलाई आफूहरुको अध्ययन पछिको  मुख्य समस्याबारे गुनासो गरेका छन् । 

भारतमा सिए अध्ययन गर्दै गरेकी चितवनकी मनीषा अर्याल उप्रेतीको संयोजनमा दिल्लीको एक होटलमा भएको भेटमा भारतमा सि ए अध्ययन गरेपछि नेपालमा काम गर्न थप एक वर्ष तालिम गर्नुपर्ने प्रावधानलाई खारेज गर्नुपर्ने र अब लागु हुन लागेको भारतमा अध्ययन गरेका सि ए विद्यार्थीलाई नेपालमा मान्यता नदिने निर्णय नेपाली विद्यार्थीको हित विपरीत भएको भन्दै गुनासो ब्यक्त गरेका थिए । 

जवाफमा भारत भ्रमणमा रहेका नेपालका मन्त्रीहरुले चाडैले यो समस्यालाई टुंगाउने बताएको नेबिसंघ भारतकी अध्यक्ष  समेत रहेकफ उप्रेतीले जानकारी दिइन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ