arrow

ज्ञानेन्द्रलाई ओलीको जवाफ : दरबार होइन घरवार जमाउन पाइन्छ

दरबार र घरवारको चर्चा

logo
प्रकाशित २०७२ पुष २७ सोमबार
KP-oli-talking.jpg.jpeg.jpeg
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वीनारायण शाहको अगुवाइमा राष्ट्र निर्माणका लागि भएको एकीकरणको महत्व र योगदानलाई कसैले पनि अस्वीकार गर्न नहुने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले २९४औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा गरेको जलपान कार्यक्रममा प्रधानमन्त्री ओलीले गणतन्त्रमा इतिहासमा योगदान गरेको व्यक्तिको सान्दर्भिकता हुँदैन भन्ने होइन भने । 
 
एकता दिवसको पूर्व सन्ध्यामा पूर्व राजा ज्ञानेन्द्र शाहले जरी गरेको वक्तव्यको प्रतिक्रिया दिँदै ओलीले भने,‘आजको सन्दर्भ भनेको दरबार छोड््नेले घरबार गरेर बस्न पाएकै छ, पाउँछ ।” पूर्व राजा ज्ञानेन्द्रले नेपालीको आधारको भार नत्यागेको उल्लेख गर्दै आफु नेपालमै घरवार गरेर बसेको प्रस्ट्याएका थिए । घुमाउरो भाषामा समयले के मागिरहेको छ भन्ने प्रस्ट हुन पर्ने जनाएका थिए । 
 
यस्तै, लोकतन्त्रभन्दा बाहेक कुनै पनि तानाशाही, परिवारिक, जहाँनिया र जन्मसिद्ध पाखण्डी सिद्धान्तको राजनीतिक प्रणाली उपयुक्त हुन नसक्ने बताउँदै प्रधानमन्त्री ओलीले भने,‘हामी बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक प्रणालीमा छौँ, केही मतभेद हुनु तथा स्वार्थको टकराव हुनुलाई स्वाभाविक रुपमा लिनुपर्छ सङ्कीर्ण ढङ्गबाट हेरिनुहुँदैन, सन्तुलन कायम गर्नुपर्छ ।’ 
 
प्रधानमन्त्री ओलीले पछिल्लो समय मुलुक सकारात्मक र सहजतातर्फ उन्मुख भएको उल्लेख गरे । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले राष्ट्रिय एकता दिवसले नेपालको राष्ट्रिय एकता, अखण्डता र सार्वभौमिकताको संरक्षण र सम्बद्र्धनका लागि प्रेरणा दिने विश्वास व्यक्त गरे ।  
 
कार्यक्रममा काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, नेकपा (एमाले) का नेता माधव नेपाल, उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावल, नेकपा (माले)का महासचिव एवम् महिला तथा उपप्रधानमन्त्री सिपी मैनाली, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लोकेन्द्रबहादुर चन्द, नेता पशुपति शम्शेर जबरा तथा पूर्व उपराष्ट्रपति परमानन्द झा र तत्कालीन मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी जलपान समारोहमा सहभागि भए ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ