arrow

ज्याकलिनका कारण आलिया - सिद्धार्थको 'ब्रेकअप'

logo
प्रकाशित २०७४ भदौ ११ आइतबार
alia-bhatt-sidharth-malho2.jpg

एजेन्सी । बलिउड कलाकार  सिद्धार्थ मल्होत्रा र आलिया भट्टले आफ्नो अफेयरको बारेमा कहिले सार्वजनिक गर्न चाहेनन् । तर दुवै  एक-अर्कासँग डेट गर्दै गरेको कुरा गोप्य रहेन । उनिहरु एक-अर्काको घरमा पनि देखिन्थे । भारतीय सञ्चारमाध्यमका अनुसार अब दुवैको ब्रेकअप भएको छ ।

दुवै पहिले जस्तोसँगै पनि देखिन छोडेका छन् । तर यसको कारण भने  ज्याकलिन फर्नान्डेजलाई भनिएको छ । उनकै कारण दुवैको सम्बन्ध सकिएको हो ।  सिद्धार्थ-ज्याकलिनको चलचित्र 'ए जेन्टलम्यान' हालै रिलीज भएको छ । सो चलचित्रसँगै दुवैको निकटता बढेको चर्चा चल्न सुरु भएको छ ।

 हालै नेहा धूपियाको शोमा सिद्धार्थलाई गरिएको प्रश्नको उत्तर दिदै उनले  सिंगल रहेको बताएका थिए । सो कुराबाटै उनिहरुबीच ब्रेकअप भएको अनुमान लगाउन सकिन्छ ।

आलिया र सिद्धार्थ दुवै एक-अर्काबाट टाढा रहन खोजि रहेका छन् । उनिहरुबीच कुराकानी समेत बन्द भएको छ । पछिल्लो समय आएको समाचारमा दुवैबीच  झगडा भएको बताइएको छ ।

त्यस्तै चलचित्र 'ए जेन्टलम्यान' को एक कार्यक्रममा सिद्धार्थले मीडियासँग कुराकानी गरेका छन् । उनलाई आलियासँग ब्रेकअपको  बारेमा प्रश्न गर्दा उत्तरमा भने , " मेरो र आलियाको ..ब्रेकअप? किन .. टेबल र कुर्सि तोड्नलाई। उनले सो प्रकारको उत्तर दिएर आलियामाथि गरिएको प्रश्नलाई टार्ने प्रयत्नन गरेका थिए ।

आलिया र सिद्धार्थले सन् २०१२ मा चलचित्र 'स्टूडेन्ट अफ द ईयर' बाट सँगै डेब्यू गरेका हुन् । चलचित्रसँगै दुवैको लभ-स्टोरी सुरु भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ