arrow

बाबुरामले पार्टी मात्र होइन ‘सव कुछ’ त्यागे : दाहाल

कम्युनिष्ट वर्ग नै त्यागेका भट्टराईको भ्रममा नपर्नुस्

logo
प्रकाशित २०७२ पुष २७ सोमबार
p-dahal.jpg.jpeg
काठमाडौं । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले नेपाली समाज वैधानिक रुपमा नै समाजवादी क्रान्तिको चरणमा प्रवेश गरेको बताएका छन् ।  पार्टी कार्यालय पेरिसडाँडामा अखिल नेपाल ट्रेड युनियन महासङ्घको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै दाहालले सो क्रान्ति पूरा गर्न सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताको जर्गेना गर्नुपर्नेमा जोड दिए । 
 
अध्यक्ष दाहालले भने, ‘एमाओवादीलाई समाजवादी क्रान्ति गर्न लायक पार्टी निर्माण गर्ने बेला भएको छ । गलत विचारको भण्डाफोर गर्दै सङ्गठन सुदृढ गर्ने अभियानमा जोडदार रुपले लाग्नुपर्दछ ।’ नयाँ शक्तिका नाममा मुलुक, जनता, पार्टी र क्रान्तिलाई धोका दिएको भन्दै दाहालले बाबुराम भट्टराईले पार्टी त्याग मात्र नभई सव कुछ त्यागेको तर्क गरे । भट्टराईले माक्र्सवाद, जनयुद्ध, सहिद, बेपत्ता योद्धा र कम्युनिष्ट वर्ग नै त्याग्नु भएकाले नेता तथा कार्यकर्ता भ्रममा पर्न नहुने दाहालको भनाई छ । दाहाललाई भट्टराईको नयाँ शक्ति ठूलो चुनौती बन्दै गएको छ । 
 
अध्यक्ष दाहालले भने , ‘संविधानको सहज कार्यान्वयन गर्नु र पार्टीलाई जीवन्त बनाउनु पहिलो कार्यभार हो, शीर्ष नेतृत्वदेखि कार्यकर्ता तहसम्म विगतमा भएका कमजोरी स्वीकार गरेर जनताका बीचमा जानुपर्छ, अब कोही कसैलाई छुट छैन ।” आगामी १० वर्षमा नेपालमा समाजवादी क्रान्ति सम्भव भएको भन्दै दाहालले सोही मार्गमा प्रतिबद्ध भएर लाग्न मजदुर सङ्गठनलाई निर्देश गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ