arrow

सत्तारुढ दलको योजनाबद्ध हाम्रो पार्टी बिभाजन गरे : नेता गिरी

logo
प्रकाशित २०७४ भदौ १२ सोमबार
dilnath-giri-birami.jpeg

काठमाडौँ। व्यवस्थापिका–संसद्को  सोमबारको दोस्रो बैठकमा सभामुखसँग समय लिएर बोल्दै राप्रपाका सांसद दिलनाथ गिरीले आफ्नो पार्टीको विभाजन योजनाबद्ध तवरले गरिएको आरोप लगाए ।

सत्तारुढ दलकै प्रयासमा राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजन गरिएको आरोप लगाउँदै उनले नयाँ दल दर्ताका लागि संसद् र केन्द्रीय समितिमा ४० प्रतिशत पुर्‍याउनुपर्नेमा त्यसो नगरिएको र हचुवाको भरमा निर्वाचन आयोगले समेत दल दर्ता गरिदिएको बताए  ।

उनले आफ्नो धारणा राखिरहँदा नयाँ दल दर्ता गराएका राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का सांसदहरुले नियमापत्ति गरेका थिए ।

एक फरक प्रसंगमा सांसद गिरीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा अमर्यादित गतिविधि भएको भन्दै आपत्ति समेत जनाए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ