arrow

हेल्थ असिस्टेन्ट संघको कार्यबाहक अध्यक्षमा दीर्घबहादुर बोगटी

logo
प्रकाशित २०७४ भदौ १२ सोमबार
Haan.jpg

काठमाडौैं । हेल्थ असिस्टेन्स  लगायत प्यारामेटिक्स कर्मचारीहरुको छाता संगठन हेल्थ असिस्टेन्स संघ नेपालको कार्यबाहक अध्यक्षमा दीर्घबहादुर बोगटी चुनिएका छन् । अहिलेका कार्यबाहक अध्यक्ष दीपेन्द्र खड्का अध्ययनको लागि विदेश गएपछि खड्काले बोगटीलाई कार्यबाहकको जिम्मेवारी दिएका हुन् । खड्का अध्ययनको लागि चीन गएपछि एशोसिएसनका सचिव समेत रहेका बोगटीलाई कार्यबाहक जिम्मेवारी दिईएको हो । 

कूल ७३ वटा जिल्लामा शाखा फैलिएको एशोसिएसनमा आठ हजार भन्दा बढी हेल्थ एसिस्टेन्ट लगायतका प्यारामेटिक्स कर्मचारीहरु संलग्न रहेका छन् । उनी अहिले स्वास्थ्य सेवा विभागमा कार्यरत छन् । कार्यवाहक जिम्मेवारी पाएपछि अध्यक्ष उनले स्वास्थ्यकर्मीहरुको हकहित र उनीहरुको क्षमता अभिबृद्धिमा दिलोज्यान दिएर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ