arrow

नेपाल आइडलभित्रको कोकोहोलो, रामकृष्णको भनाइले सामाजिक संजाल तात्तियो 

logo
नबिन अर्याल 
प्रकाशित २०७४ भदौ १३ मंगलबार
nabin-aryal.jpg

युएई । नेपाल आइडल अहिलेको समयमा एक चर्चित रियालिटी सो भन्दा अत्युक्ति नहोला । हरेक असल कदमहरुमा पनि चुनौती हुन्छन जसबाट नेपाल आइडल पनि टाढा रहन सकेको छैन । बिभिन्न अडिसनदेखि लिएर धेरैको आलोचना खेप्दै आएको रियालिटी सोले यहाँसम्मको यात्रा तय गर्नु अत्यान्त सम्मानजनक कुरा हो । 

अहिले आएर धेरै उतारचढाबका बीच उत्कृष्ठ चारको प्रतिष्पर्धामा छ । यसअघिको सो मा गायक रामकृष्ण ढकाल अथिति भएर उपस्थित भएको त हामी सबैमा अवगत नै छ । सो कै दौडानमा ढकालले नेपाल आइडलका प्रतिष्पर्धी निशान भट्टराईको साथै प्रताप दासको खुलेरै प्रशंसा गरे । 

यो विषयमा धेरै टिका टिपणी पनि आए तर यस विषयको लागि ती दुई प्रतिष्पर्धीको विरुद्धमा बोल्नु र जातीय विभेद भनेर टिप्पणी गर्नु चाहीं ढकालले बोले भन्दा ठुलो जातीय विभेद हो । दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो हामी अझै जातीयताको कुरा गरेर अल्झिरहेको देख्दा लाग्छ यो दीर्घरोग नै हो ।
 
यदि यसरी जातीयताकै आधारमा सोच्ने हो भने अहिलेसम्मका प्रख्यात गायकहरु को कुन जातको भनेर गीत सुनिन्थ्यो होला । राम्रोलाई राम्रो भन्नु गलत पक्कै हुनै सक्दैन तर सामाजिक संजालमा नकारात्मक प्रतिक्रिया लेख्नेका लागि आपनो समर्थक प्रतिष्पर्धी जिताउन यो एउटा मसला भयो । मैले नबुझेको कुरा जसलाई राम्रो भनेका छन् ढकालले उनकै समर्थकले आफ्नो मनपर्ने प्रतिष्पर्धीलाई भोट दिन्न भन्नु उसको नराम्रो प्रतिक्रियाको अपेक्षा गर्नु होइन र ?
 
यसै विषयमा सामाजिक संजाल मार्फत हाल अमेरिकामा रहेका दिनेश पाण्डे लेख्छन् –
रामकृष्ण ढकालको अभिव्यक्तिलार्इ लिएर नेपाल आईडललार्इ बाहुन आइडल भन्नेहरु... पहिलो नेपाली तारा दिपक लिम्बु हुँदा कुनै बाहुनले लिम्बु तारा भनेको थियो ? सन्तोष लामा दोश्रो नेपाली तारा हुँदा कुनै बाहुनले भोटे तारा भनेको थियो ? रामकृष्ण ढकालको अभिव्यक्ति मन परेन भने उसलाई गाली गर तर नेपाल आइडललार्इ जातीयतामा मुछेर सम्पूर्ण संगीत क्षेत्र दुर्गन्धित नगर । देश कँहा जाँदैछ भन्ने कुरा नेपाल आइडलको कमेन्टमा गएर हेरौं, देशलाई किन सुडान बनाउन खोज्दैछौं ?
महावीर पुनको अविस्कार केन्द्रलाई मगर अविस्कार केन्द्र भनौं ? कि अविस्कार केन्द्र निर्माण अभियानमा सहयोग गर्नेहरुको लिस्टमा क्षेत्री बाहुनहरुको नाम बढी छ, त्यसलाई बाहुन अविस्कार केन्द्र भनौं ? समाज नबिगारौं साथी, सोच बदलौं । 

हो पनि हामीले हरेक पटक जातीलाई होइन हामीबीचबाट राम्रो मान्छे छान्दै आएका छौ । सबै प्रतिष्पर्धि राम्रो गायकी भएर नै यहाँसम्म आएका छन यस्मा सबैलाई मन पराउँछु भन्नुपर्छ भन्ने जरुरी हुनै सक्दैन । आफ्नो विचार राख्ने अधिकार सबैमा छ । 

यसैमा सकारात्मक लागेका विचार राख्नु पर्दा सामाजिक सञ्जालमा नै मणि भट्टराई लेख्छन् – 

यो उचाइको मान्छेलाई अनाहकमा गाली गरेर गिराउन खोजिरहेछन्  यही उचाईमा पुग्न र पुर्याउनको निम्ति लडिरहेका मानिसहरू  । 
भ्रमित दुनियाँ । कहाँ पुग्न कसरी हिंडिरहेको छ चाल पाउँदैन । 

उहिले नारीको इज्यत सियोको टुप्पामा हुन्छ भन्थे त्यस्तै अचेल जेमा पनि ल्याप्प पारेर जातीयताको रंग पोतिदिन तम्तयार बसेकाहरू पनि निक्कै छन् । कसैको विचार अब उसको आफ्नो विचार हुँदैन त्यसले उसको सिंगो जातीको  तक्मा पाउँछ (विशेष नेगेटिभ अर्थमा अर्थ्याउन सकिएको हदसम्म । 

नेपाली गीतसंगीतको बजार यसै पनि सानो छ । त्यसमा पनि कुन जातको मान्छेले गाएको गीत हो यो  ? यसरी सुन्ने दिन आए । हैट् 

कलाकार गायकहरूलाई बाँच्न मुस्किल छ । गीत विक्दैन । मरीतरी कन्सर्ट र विदेश गएर अलि अलि बाँच्नु परेको स्थिति छ ।  यो नांगो यथार्थ हो । अब यसरी म्युजिक इन्डस्ट्रिजमा पाइला राखेर कस्ले के भविष्य देखेको होला ? एकतिर मात्र हैन, धेरै तिर । जता पनि । अनेक क्षेत्रमा अमिवा जस्तो प्रवेश गरेको छ जातीय
विचार । मानौ मान्छे मर्यो यस धर्तीबाट तर उसको जातीय आत्मा  अझै यस भुतलमा भड्किरहेको छ । 

नकारात्मक प्रतिक्रिया लेख्नुअघि सोध्नुस आफैलाई कतै तपाई नै पो जातीयताका आधारमा भेदभाव पो गर्दै हुनुहुन्छ कि ? होइन भने यो सामान्य कुरा मानेर सकारात्मक सोच राखेर बुझेको राम्रो । 

सकारात्मक पाटोलाई नियाल्दा विन्ध्यबासिनी म्युजिकका संचालक सुबास रेग्मीको सामाजिक संजालमा यस्तो प्रतिक्रिया छ – 
आदरणीय अग्रज श्री रामकृष्ण ढकालज्यूले निशान भट्टराईलाई भोट मागेको बिषयमा कोहोलो गर्नेहरूले पहिले गित संगीतलार्इ सम्मान गर्नुहुन अनुरोध छ । अनि यो बिषयको भावना, श्रृजना, समर्पण, त्याग, बलिदान, शाधना र समर्थनको अनुभुति गर्नलाई पहिले रामकृष्ण ढकाल भएर हेर । उहाँ संगीत साधक हो । साधना र प्रस्तूतिलाई प्रोत्साहन गर्ने दायित्व र जिम्यवारि उहाँकै हो । उहाँ संगितको एउटा युग हो । उहाँलाई सिर निहुराएर नमन गर्दछु । जय गित जय संगित ।।।
 
 म पनि गीत संगीत मन पराउने व्यक्ति हुँ । मेरो पनि सबै नेपाल आईडलका प्रतिष्पर्धिप्रति सम्मान छ तर आजसम्म जातीयताको आँखा उक्त सोमा पुगेको छैन । आग्रह गर्छु तपाई सबै जातीयताभन्दा माथि उठेर सोच्नुस् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ