arrow

अम्बानीको घर पुगेका शाहरुखको जुत्ता हरायो !

logo
प्रकाशित २०७४ भदौ १३ मंगलबार
shahrukh-khan6_ambani.jpg

एजेन्सी । गणेशको दर्शन गर्न व्यवसायी तथा रिलायन्स ग्रुपका मालिक मुकेश अम्बानीको घर पुगेका अभिनेता शाहरुख खानको जुत्ता हराएको छ । अम्बानीले गणेश चतुर्थीको अवसरमा आइतबार घरमा पार्टी आयोजना गरेका थिए ।  सो पार्टीमा सहभागि हुन पुगेका शाहरुखले दर्शनपछि जुत्ता लगाउन बिर्सिए ।

 पार्टी समाप्त भएपछि महल बाहिर पुगेपछि आफ्नो  खुट्टामा जुत्ता नदेखेर आफै छक्क परेका थिए शाहरुख । त्यसपछि उनको जुत्ता खोज्ने काम सुरु भो जसमा अम्बानीका जेठा छोरा आकाश अंबानी पनि लागे ।  

 अम्बानिको पर्टिमा बलिउका  बच्चन, कपुर परिवारको उपस्थिति रहेको थियो । सो पार्टीमा सहभागि हुन  शाहरुख  पुगेसँगै उनले पहिलो दर्शन गरे । सो समय उनले जुत्ता खोलेका थिए ।  गणेशको दर्शनपछि शाहरुख पार्टीमा आएका मानिसहरुसँगको भेटमा  व्यस्त भएर जुत्त लगाउन बिर्सए ।

 उनि  पार्टीमा जुत्त  बिनै घुमि रहे । पार्टी समाप्त भएपछि महल पुगेर  शाहरुखले आफ्ना सहयोगीलाई जुत्ता खोज्न भने । शाहरुखको जुत्ता हराएको कुरा पार्टीमा फैलियो । जुत्ता हराएपछि हडबडाएका शाहरुखले जुत्ता खोलेको ठाँउ समेत समझन सकेनन् ।   उनको जुत्ता खोज्न अझ धेरै मानिस लागि परे । यससँगै मुकेश अम्बानीका जेठा छोरा आकाश पनि जुत्ता खोज्न लागे । लामो समय सम्मको खोजि पछि शाहरुखको जुत्त भेटियो र उनि लगाएर घर तिर लागे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ