arrow

पदाधिकारीको निर्णयपछि देउवा पक्षको नयाँ रणनिति

पार्टी कार्यालयमा गएर अनसन तोडाउने

logo
प्रकाशित २०७२ पुष २८ मंगलबार
deuba.jpg.jpeg
काठमाडौं । काँग्रसको क्रियाशिल सदस्यता छानविन समितिको प्रतिवेदनलाई पदाधिकारीले संशोधन गरेपछि असन्तुट भएको बरिष्ठ नेता शेरवहादुर देउवा पक्षले असन्तुष्टी सहित अगाडी बढ्ने तयारी गरेका छन् । 
 
समितिको सिफारिसलाई पदाधिकारीले संशोधन गर्ने अधिकार नभएको र समितिका संयोजकको निर्णय नै अन्तीम हुने भएकाले कसैले संशोधन गर्न नपाउने हुदा हुदै पनि संशोधन गरिएको भन्दै देउवा पक्षले असन्तुष्टी जनाएको हो । तर असन्तुष्टी जनाएर प्रक्रिया अगाडी बढ्न नदिदा स्थानियस्तरका अधिवेशनहरुलाई असर पर्ने भएकाले अधिवेशनका कामलाई अगाडी बढ्न दिने तयारीमा देउवा पक्ष लागेको केन्द्रीय सदस्य श्यामकुमार घिमिरेले जानकारी दिए । 
 
उनले हाम्राकुरासंग भने “विधानत ः पदाधिकारीको निर्णयलाई त मान्नै नसकिने हो, तर यही कुरामा अल्झीदा अधिवेशनलाई नै असर पर्ने भएकाले यसलाई राजनितिक मुद्धा बनाउदै अगाडी बढ्ने कुरा भएको छ । ”
 
सोलुखुम्वु, कैलाली र रौतहटका नयाँ सदस्यता स्थगित गर्ने पदाधिकारीको निर्णयपछि नेता देउवाले नयाँ सदस्यता स्थगित भएका जिल्लाका नेताहरुसंग छलफल गरेर यसलाई राजनितिक मुद्धा बनाउअदै अगाडी बढ्ने रणनिति लिएको पनि उनले बताए । 
 
असन्तुष्टी सहित अगाडी बढ्ने रणनिति अनुसार नेता देउवाले क्रियाशिल सदस्यताका विषयमा असन्तुष्टी जनाउदै पार्टी कार्यालय सानेपामा अनसनमा बसेका नेताहरुलाई भेट्न जाने भएका छन् । नेता देउवाको नेतृत्वमा देउवा निकट नेताहरु उनीहरुलाई दिउसो २ बजे भेट्न जाने तयारी भएको अर्का केन्द्रीय सदस्य मानवहादुर विश्वकर्माले जानकारी दिए । “सकेसम्म सवै पक्षलाई असन तोड्न आग्रह गर्नुहुनेछ, होईन भने अहिलेको निर्णयबाट सन्तुष्ट भएकाहरुलाई अनसन तोडाउनुहुने छ,” उनले भने । 
 
 
 



नयाँ