arrow

मेसीको पोल्टामा बेलन डि'अर २०१५

logo
प्रकाशित २०७२ पुष २८ मंगलबार
Messi_Ballon_d_or.jpg.jpeg
एजेन्सी। ४१.३३ प्रतिशत मत पाउँदै अर्जेन्टिनी स्टार फुटबल खेलाडी लिओनल मेस्सीले फिफा बालोन डि'अर २०१५को उपाधी हात पारेका छन्। मेसीको यो पाँचौ उपाधी हो।  त्यसैगरि पोर्चुगीज स्टार क्रिष्टियानो रोनाल्डोले २७।७६ प्रतिशत मत पाउँदै दोस्रो स्थानमा रहे भने ब्राजिलियन स्टार नेयमारले ७.६८ प्रतिशत मत पाएका थिए। विश्वभरिका फुटबल टोलीका प्रशिक्षक, कप्तान र पत्रकारको मतका आधारमा खेलाडीहरु बिजयी घोषित भएका थिए। 
 
मेसीले गत सिजन ५ वटा उपाधि हात पारेका थिए । उनी ५८ गोल गर्न सफल भए । उनको टिम अर्जेन्टिना कोपा अमेरिकाको फाइनल पुगे पनि उपाधि रक्षा गर्न सकेन । क्रिष्टियानो रोनाल्डोले ६१ गोल गरे पनि उनको पोल्टामा कुनै उपाधि परेनन् । पहिलो पटक अन्तिम तीनमा परेका नेयमारले ३९ गोल गरेका थिए । 
 
मेसी सन् २००७ बाट लगातार अन्तिम तीनमा स्थान बनाउन सफल भएका थिए, भने रोनाल्डोले सन् २०१० बाहेक सन् २००७ देखि लगातार अन्तिम तीनको स्थान पाएका थिए । सन् २००८ देखि २०१४ सम्म दुई खेलाडी मेसी र रोनाल्डोले उक्त उपाधि हात पारी रहेका छन्, भने यसपटक भने मेसीले उपाधी हात पारेका छन्।  । रोनाल्डोले सन् २००८, २०१३ र २०१४ गरी तीन पटक उक्त उपाधि जितेका छन्, भने मेसीले २००९ देखि २०१२ लगातार ४ पटक उक्त अवार्ड कब्जा गरेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ