arrow

प्रहरी दमनका विरुद्ध राजावादीहरुको चेतावनी

पृथ्वी नारायण शाहले तरवारको भरमा एकता गरेको सम्झनामा आफूहरुले काठको तरवारसहित झाँकी निकाल्दा प्रहरीले दमन गरे

logo
प्रकाशित २०७२ पुष २८ मंगलबार
rajabadi.jpg.jpeg
काठमाडौ । राष्ट्रिय एकता दिवस मनाउन र्यालीसहित सिंहदरवार अगाडिको पृथ्वी नारायण शाहको सालिकमा फुलमाला चढाउन गएका राष्ट्रिय जनसंघर्ष मोर्चाका कार्यकर्तामाथि भएको प्रहरी दमनका विरुद्ध मोर्चाले सशक्त प्रतिकार गर्ने चेतावनी दिएको छ । 

राष्ट्रिय जनसंघर्ष मोर्चाको आव्हानमा निकालिएको र्याली सालिक क्षेत्र पुग्न पाउँदै भद्रकालीमा प्रहरीले अन्धाधुन्ध लाठी चार्ज गरेर दर्जनौलाई घाईते बनाएको थियो । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर मोर्चाले आफूहरुको कार्यक्रममा प्रहरीले दमन कायम राखे त्यसको आगामी दिनमा सशक्त प्रतिकार गर्ने चेतावनी दिएको हो । 

पत्रकार सम्मेलनमा मोर्चा आन्दोलन परिचालन कमिटिका संयोजक विक्रमबहादुर बमले पृथ्वी नारायण शाहले तरवारको भरमा एकता गरेको सम्झनामा आफूहरुले काठको तरवारसहित झाँकी निकाल्दा प्रहरीले दमन गरेको भन्दै पूर्व जानकारी सहित कार्यक्रम गर्दा पनि दमन गर्नु आश्चर्यजनक भएको बताए । 

मोर्चाका संयोजक श्याम तिम्सिनाले अरुलाई सालिकसम्म पुग्न दिने तर आफूलाई रोकेर दमन गर्ने सरकारी नीति बुझीनसक्नु भएको भन्दै यो घटनाले सम्पूर्ण राष्ट्रबादी शक्तिको अपमान गरेको दावी गरे ।  कार्यक्रममा मोर्चाका सह संयोजक सरद चन्द्र दाहाल, अस्मिता भण्डारी लगायतकाले प्रहरी दमनका विरुद्ध आक्रोस ब्यक्त गर्दै राज्यले आफूहरुलाई विभेद गरेको आरोप लगाएका थिए । 

प्रहरीको लाठि लागेर राष्ट्रिय नागरिक पार्टीका अध्यक्ष सिद्धार्थ अधिकारी, शिवसेनाका अध्यक्ष विक्रमबहादुर बम, केन्द्रीय सदस्य ठाकुर लगायतका एक दर्जन घाईते भएका छन । प्रर्दशनकारीहरुले सांकेतिक रुपमा एकीकरण गर्न पृथ्वी नारायण शाहले प्रयोग गरेको तरवारको काठको १०८ प्रतिरुप बोकेका थिए । 



नयाँ