arrow

यसरी मनाइँदैछ १० औँ पुस्तकालय दिवस 

logo
प्रकाशित २०७४ भदौ १५ बिहिबार
book-day.jpg

काठमाडौँ ।  ‘समृद्ध नेपालको आधारः पुस्तकालयको विकास’ भन्ने नाराका साथ बिहीबार १० औँ पुस्तकालय दिवस मनाइँदैछ । 

पठन संस्कृति बढाउनका साथै प्रत्येक स्थानीय तहमा पुस्तकालयको स्थापना गराउन प्रवद्र्धन गर्दै सामुदायिक र निजी क्षेत्रका पुस्तकालयले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् । 

सरकारले उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठको संयोजकत्वमा दिवसका लागि मूल समारोह समिति गठन गरेको छ । 

बिहीबार काठमाडौँको भृकुटीमण्डपस्थित काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय स्थलबाट रसियन कल्चर सेन्टरसम्म प्रभातफेरीसहित मूल कार्यक्रम हुनेछ । 

पं केदारनाथ झालाई विसं १८६९ तत्कालीन राजा गीर्वाणयुद्धविक्रम शाहले दरबार र अन्य क्षेत्रमा रहेका पुस्तकको संरक्षण गर्न जिम्मेवारी दिएको दिनलाई स्मरण गरी विसं २०६५ भदौ १५ देखि मुलुकमा पुस्तकालय दिवस मनाउन थालिएको हो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ