arrow

कार्यदल बैठक बस्दै, सदस्य एवं रक्षामन्त्री रावल नेपालगन्ज

तीन पक्षका प्रतिनीधि भए छलफल हुन्छ : आचार्य

logo
प्रकाशित २०७२ पुष २८ मंगलबार
barta-toli.jpg.jpeg
काठमाडौं । तीन दल र मधेसी मोर्चा सम्मिलित कार्यदलको बैठक बस्दैछ । ३ बजे संसद संचिवालय सिंहदरबारमा बस्ने बैठकमा मधेसी मार्चाको अडान र सीमाङ्कन हेरफेरका लागि कार्यविधि तय गर्नेबारे छलफल हुने समिति सदस्यहरुले बताएका छन् । सिंहदरबारमा ३ बजे बैठक बस्छ । सोमबार हामी तयार थियौं । सत्तापक्षीय कार्यदल सदस्य र सरकारको तर्फबाट बैठक बस्ने नबस्नेबारे कुनै जानकारी आएन । बैठक बस्न सकेन ।
 
कार्यदल सदस्य तथा तराई मधेस लोकतान्त्रिक पार्टीका नेता हृदयश त्रिपाठीले हाम्रा कुरासंग भने,‘हाम्रो पुरानो अडानबारे कुनै प्रगति भएको छैन ।’ कार्यविधिमै मधेसमा दुई प्रदेश रहने गरी भन्ने वाक्याशं राख्न मोर्चाले माग गरेकामा त्रिपाठीले भने,‘ हाम्रो बटमलाईन यही को भनेर कसरी भनौं ।’ छलफल भइरहेको छ, कति समय  लाग्छ कसरी भनौं । 
 
कार्यदल सदस्य भीम रावल नेपालगन्ज
कार्यदल सदस्य तथा रक्षामन्त्री भीम रावल नेपालगन्ज पुगेका छन् । सोमबार समेत रावल उपस्थित नभएपछि बैठक नबसेको भनिएकामा मंगलबार समेत रावल उपपिस्थत हुन सक्दैनन् । स्वास्थ्यको भवन उद्घाटन गर्न नेपालगन्ज पुगेका रावल तत्काल फर्किन नसक्ने उनका सहयोगिले हाम्रा कुरालाई टेलिफोनमा जानकारी दिए । 
 
तीन पक्षका प्रतिनीधि भए छलफल हुन्छ : आचार्य
कार्यदल सदस्य तथा कांग्रेस सांसद महेश आचार्यले सरकार, विपक्षी र मोर्चा प्रतिनीधि भए छलफल हुने बताए । बैठक ३ बजेलाई तय भएको बताउँदै आचार्यले तीन पक्षका प्रतिनीधि भने उपस्थित हुनु पर्ने बताए ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ