arrow

साल्ट ब्रिजका सातै गीत ओस्कारको मनोनयनमा

गीत विधामा यो वर्ष एउटै फिल्मबाट सर्वाधिक गीत छनौंट भएको यो नै पहिलो फिल्म हो

logo
प्रकाशित २०७२ पुष २८ मंगलबार
basantlipi.png.png
काठमाडौं । नेपालमा फिल्म वितरणसँगै उत्पादनमा पनि सक्रिय रहेको माउण्टे रिभर फिल्मस्ले निर्माणमा सहकार्य गरेको हिन्दी फिल्म ‘साल्ट ब्रिज’का सातवटा गीत ८८ औं संस्करणको ओस्कार अवार्डको ओरिजिनल सङ क्याटागोरीमा सूचीकृत भएको छ ।

भारतमा जन्मेर अष्ट्रेलियामा बस्दै आएका भारतीय मूलका निर्देशक अभिजित दिओनाथले फिल्मको निर्देशन गरेका हुन् । गीत विधामा यो वर्ष एउटै फिल्मबाट सर्वाधिक गीत छनौंट भएको यो नै पहिलो फिल्म हो । फिल्मले भारतीय युवक र अष्ट्रेलियन महिलाबीचको प्रेममा हुने सांस्कृतिक अप्ठ्यारालाई प्रस्तुत गरेको छ । फिल्ममा राष्ट्रिय अवार्ड विजेता अभिनेत्री उषा जाधव, राजीव खाँधेवाल र न्यूजल्याण्डकी नायिका चेल्सी प्रिस्टोन क्रेफोर्डको अभिनय रहेको छ ।

फिल्मका ‘क्या बताउ तुझे’, ‘आँखो मे समाये दिल’, ‘काप्ने लगे तुम’, ‘शोखा हि रंग डालो’, ‘ले जाये जो दुर तुम्से’, ‘ना जाने कित्नी दुर’, ‘बचपना था’ र ‘मधुरो बसोन्तो इश्छे’ गीत ओस्कारको नोमिनेशनमा परेको हो । ‘मधुरो बसोन्तो इश्छे’ गीतको शब्द र संगीत रविन्द्र नाथ टैगोरको हो भने बाँकी गीतमा निर्देशक अभिजितकै शब्द संगीत छ ।

फिल्मका निर्देशक अभिजित यो उपलब्धीबाट खुशी छन् । ‘ओस्कारको प्रतिष्पर्धामा मेरा फिल्मका सात वटा गीत पर्दा म उत्साहित र सम्मानित महसुश गरिरहेको छु । हलिउडका ठूला बजेटका फिल्मका गीतसँग प्रतिष्पर्धा गर्नु आफैमा चुनौतिपूर्ण काम हो ।’उनले भनेका छन् ।

गत वर्ष यो फिल्म केरालाको कोचीमा भएको ‘अल लाइट्स इण्डिया इन्टरनेशनल फिल्म फेस्टिभल’ प्रिमियर गरिएको थियो भने जनवरीमा बंगलादेशको राजधानी ढाकामा हुने ‘१४ औं ढाका अन्तराष्ट्रिय फिल्म फेष्टिभल’मा देखाइदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ