arrow

तुईनको ठाउँमा पुल बनाइदिँदै दिनेशको फिल्म(भिडियो)

७ लाख ५० हजारमा त्यहाँ पुल बनाइदिने घोषणा

logo
प्रकाशित २०७२ पुष २८ मंगलबार
Tuin.jpg.jpeg
काठमाडौं । आगामी फागुन २१ गतेबाट अल नेपाल प्रदर्शन हुने दिनेश डिसि निर्देशित फिल्म फुलैफुलको मौषम तिमीलाई निर्माण युनिटले मंगलबार राजधानीमा एक पत्रकार सम्मेलन गर्दै धादिङको सलाङघाटको जोखिमयुक्त तुइन यात्राको डकुमेन्ट्री सार्बजनिक गरेको छ । 

राजधानी देखी ७० किलोमिटरको दुरीमा रहे पनि यो ठाउँको तुइन पीडालाई निर्देशक डिसीको टीमले मनछुने किसिमले डकुमेन्ट्रीमा प्रस्तुत गरेको हो । सालाङघाट मझुवा ५ का सयौं बिधार्थी बिध्यालय जानका लागि दैनिक कष्टकर तुईन यात्रा गरिरहेका छन् । 

चलचित्र निर्माण पक्षले फिल्मको फाईदा बाट सोहि स्थानमा पुल निर्माणमा सहयोग गर्ने दाबी गरेको छ । निर्देशक डिसीले फिल्मले नाफा घाटा जे व्यापार गरेपनि ७ लाख ५० हजारमा त्यहाँ पुल बनाइदिने घोषणा गरे । दिनेशको फिल्ममा आमेश भण्डारी र नीता ढुंगानाको प्रमुख भूमिकामा अभिनय रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ