arrow

६ किलोमिटर दौड्दै क्याट्रिना

क्याट्रिनाबाहेक अमिताभ बच्चन, अक्षय कुमारलगायतका चर्चित अनुहार पनि म्याराथनमा देखिँदैछन् ।

logo
मुम्बई ।
प्रकाशित २०७२ पुष २८ मंगलबार
katrina_kaif.jpg.jpeg
 यहाँ आयोजना हुन लागेको एक म्याराथन प्रतियोगितामा बलिउडकी सुन्दर अभिनेत्री क्याट्रिना कैफ दौडने भएकी छन् । ३२ वर्षे अभिनेत्रीले यो कुराको पुष्टि गर्दै रानी स्क्रुवालाको च्यारिटी फाउण्डेसनको लागि आफु दौडन लागेको बताईन् ।

‘मेरो ट्रेनर यासमीन मलाई दौडाउनका लागि निकै मेहनत गरिरहेका छन् र म आफुलाई यो चुनौति सामना गराउन तयार गरिरहेकी छु ।’ उनले भनेकी छन् । उनको ट्रेनरले क्याट्रिना एक व्यावसायिक धाविका नभएका कारण ६ किलोमिटरको ‘ड्रीम रन’मा मात्र हिस्सा लिने बताए ।

क्याट्रिनाबाहेक अमिताभ बच्चन, अक्षय कुमारलगायतका चर्चित अनुहार पनि म्याराथनमा देखिँदैछन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ