arrow

भारतलाई पिट्यो अष्ट्रेलियाले

logo
प्रकाशित २०७२ पुष २८ मंगलबार
India-Vs-Aust.jpg.jpeg
एजेन्सी । भारतविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा अष्ट्रेलिया ५ विकेटले विजयी भएको छ । ३ सय १० रनको चुनौती पछ्याएको अष्ट्रिेलियाले ४ बल बाँकी छँदा ५ विकेट गुमाएर जित हासिल गरेको हो । जित संगै अष्ट्रेलियाले ५ खेलको एक दिवसीय श्रृंखलामा १–० को अग्रता लिएको छ ।
 
पर्थमा भएको खेलमा कप्तान स्टेभेन स्मिथ र जर्ज बेलीले विष्फोटक व्याटिङ गरे । तेस्रो विकेटका लागि कप्तान स्मिथले एक सय ३५ बलको सामना गर्दै एक सय ४९ रन बनाए । चौथो विकेटका लागि बेलीले एक सय १२ रन जोडे । बलिङर्फ डेब्यु खेलमै बीबी सरनले तीन विकेट लिए । रविचन्द्रन अश्विनले २ विकेट झारे ।
 
यसअघि, टस जितेर पहिले व्याटिङ गरेको भारतले रोहित शर्माको १ सय ७१ रनको मद्दतमा ३ विकेट गुमाउँदै ३ सय ९ रनको योगफल बनायो । तेस्रो विकेटका लागि विराट कोहलीले ९१ रन बताए । कप्तान महेन्द्रसिंह धोनी १८ रनमै आउट भए । बलिङतर्फ अष्ट्रेलियाका जेम्स फल्कनरले २ तथा जोस हेजलउडले १ विकेट लिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ