arrow

मधेसमा ५० हजार युवा कांग्रेस हुनबाट वञ्चित

logo
प्रकाशित २०७२ पुष २८ मंगलबार
sushil_koirala.jpg.jpeg.jpeg
काठमाडौं । क्रियाशिल सदस्य विवादमा लामो समयदेखि अनसनमा बसेका नेपाली काग्रेसका विभिन्न जिल्लाका सभापतिहरुले पार्टी सभापति सुशील कोइराला १३ औ महाधिवेशनलाई लिएर अहिलेदेखि संस्थागत धाधली गर्न लागेको आरोप लगाएका छन् । सबै क्रियाशिल सदस्यहरुलाई मान्यता दिनुपर्ने माग गर्दै अनसनमा बसिरहेका सोलुखुम्बु, कैलाली र रौतहटका पार्टी सभापतिहरुले मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर सदस्य छानविन गर्न बनाएको समितिको प्रतिवेदनलाई बाईपास गरेर पार्टीमा व्यवस्थै नभएको पदाधिकारी बैठकको नामबाट सदस्य खारेज गर्ने काम गरेर महाधिवेशनमा धाँधली श्रृंखला सुरु गरेको आरोप लगाए ।
 
सोलु कांग्रेस सभापति आङ गेलु शेर्पाले पार्टी पदाधिकारीको नामबाट आएको निर्णय अवैद्यानिक भएको र यसले सभापति कोइराला आफै धाँधलीमा लागेको पुष्टि भएको भन्दै यसलाई आफूहरुले महाधिवेशनको एजेण्डा बनाएर लैजाने चेतावनी दिए । शेर्पाले पार्टीभित्रको गुटबन्दी मुल नाईके सभापति कोइराला भएको जिकिर गर्दै पार्टीमा आफ्नो गुटको कठपुतली बनाएकोले त्यस विरुद्ध संघर्ष जारी राख्ने चेतावनी दिए । उनले भने,‘आफ्ना विरोधी ठानेकाको क्रियाशिल सदस्यता रद्ध गरेका छन । आफू नजिकको मान्यता दिएका छन् । यो १३ औं महाधिवेशन लक्षित धाँधली हो ।’ रौतहट जिल्ला सभापति कृष्णप्रसाद यादवले पदाधिकारीको नामबाट आएको निर्णय पार्टीको लागि दुर्भाग्यपूर्ण रहेको भन्दै यसले मधेसमा कांग्रेसलाई झन ठूलो चुनौती दिएको तर्क गरे । 
 
उनले यसलाई महाधिवेशनसम्म मुद्दा बनाएर लिएर जाने चेतावनी दिए । यादवले भने,‘ यो निर्णयले मधेसमा ५० हजार युवा कांग्रेस हुनबाट वञ्चित भएका छन्, यसले कांग्रेसलाई थप कमजोर बनाउँछ ।’ कांग्रेस कैलाली सभापति नरनारायण शाहले छानविन समितिको प्रतिवेदन पूर्ण बैठकमा लिएर गई कार्यान्वयन गर्नु पर्ने भन्दै सभापति कोइरालाको निर्णय पराजित मानसिकताको उपज भएको टिप्पणी गरे । यसले व्यक्ति जिते पनि सिंगो संगठन पराजित हुने भन्दै यस्तो निर्णय तत्काल सच्याउन माग गरे ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ