arrow

कार्यदल बैठक:विहिबार गम्भीर छलफल, अब के हुन्छ ?

सबै विषय टुंग्याउने तयारी, यकिन छैन

logo
प्रकाशित २०७२ पुष २८ मंगलबार
3-party-and-morcha-task-force.jpg.jpeg
काठमाडौं । सरकार र तीन दल तथा मेधसी मोर्चाको कार्यदलबीच विहिबार (पर्सि) गम्भीर छलफल हुने भएको छ । संसद सचिवालय सिंहदरबारमा मंगलबार बसेको कार्यदल बैठकले छलफलको गाम्भीर्यता बढाएको बैठकमा सहभागि कार्यदल सदस्यहरुले बताएका छन् । निर्णय तहमा पुग्ने वातावरण बने पनि यकिन भइसकेको छैन ।  
 
सवा दुई घण्टा निरन्तर छलफल गरेका छौं । बैठकको गम्भीरता बढेको छ । पर्सि १ बजे दिउँसो बस्ने बैठक अझ बढी गम्भीर हुनुपर्ने आवश्यकता हो । बैठकपछि हाम्रा कुरासंग कार्यदल सदस्य तथा तराई मधेस लोकतान्त्रिक पार्टी उपाध्यक्ष हृदयेश त्रिपाठीले भने,‘केही दिन यता बैठकको गभ्भीरता बढ्दै गएको छ ।’ सत्तापक्षीय र विपक्षी दलका सदस्यहरुले कार्यदलको बैठक अघि आफ्ना शीर्ष नेताहरुसंग छलफल गर्ने र आधिकारिक धारणा तय गरेर बैठकमा आउने बताएको त्रिपाठीले जानकारी दिए ।    
 
सीमांकन हेरफेर गर्ने संयन्त्रको कार्यविधि र संवैधानिक वैधताबारे सकारात्मक छलफल भएको बताउँदै गृहमन्त्री शक्ति बस्नेतले करिब–करिब सहमति नजिक पुगेको जानकारी दिए । वुधबार शीर्ष तहमा गृहकार्य गरी विहिबार निर्णायक छलफल हुन सक्ने जनाउ मन्त्री बस्नेतले दिए । 
कार्यदल सदस्य एवं कांग्रेस नेता महेश आचार्यले आफुहरु विहिबार सबै विषय टुंगो लगाउनेगरी छलफलको तयारीमा लागेको बताए । कार्यदलको बैठक अघि आ–आफ्ना दलका नेताहरुसंग समेत छलफल हुने आचार्यले हाम्रा कुरालाई जानकारी दिए । उनले भने,‘सके सम्म सबै विषय टुंगो लगाउने गरी अबको छलफल हुन्छ ।’ मधेस समस्या समाधान र सिमाङ्कन हेरफेरबारे धेरै विषयमा छलफल भइसकेको कार्यदल सदस्यहरुले बताएका छन् ।    
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ