arrow

डिआइडी सिजन–२ को घोराहीमा भएको अडिसनबाट १० जना छनौट

logo
प्रकाशित २०७४ भदौ १८ आइतबार
DID_Audition.jpg

काठमाडौं । बहुचर्चित राष्ट्रव्यापी नृत्यविधाको महासंग्राम डान्स आइकन दाङ (डिआइडि) सिजन २ को आईतबार घोराहीमा भएको अडिसनबाट १० जना प्रतिस्पर्धीहरु मेगा राउण्डका लागि छनौट भएका छन् । 

डान्स आइकन दाङ (डिआइडीइ) सिजन १ की स्टार एरिका आचार्यको सभाअध्यक्षता एवं डान्स आइकन दाङ (डिआइडी) सिजन को बिजेता आसिका रजौरेको प्रमुख आतिथ्य एवं सल्लाहकार केशव नेपालीको विसिस्ट आतिथ्यमा सम्पन्न अडिसनबाट सिमाना सुनार, बिमल बुढाथोकि, लिजा के.सि., न्युसन बि.क.,समिर थापा,श्रीजना बुढामगर, मल्लिका न्यौपाने,अमृता जि.सि.,सिमरन छन्त्याल र बिबेक रोका  छनोट भएको डान्स आइकन दाङ (डिआइडी) सिजन २ का रणनैतिक संयोजक बिष्णुकुमार देवकोटाले जानकारी दिए । 

कार्यक्रममा डा.लोकराज पराजुली, केशव नेपाली लगाएतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण प्रेस सह–संयोजक सुमन के.सी.ले गरेका थिए । कार्यक्रममा बि–म्याक्स, रितेस गौतम र एनटी बसन्तले निर्णाएकको भुमिका निर्वाह गरेका थिए । यसैगरी भालुबाङगमा यहि २४ गते र सल्यानमा ३१ गते अडिसन तोकिएको डान्स आइकन दाङ (डिआइडि) सिजन २ का संयोजक दिपक वलिले जानकारी दिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ