arrow

साहिर लुधियानवीको वायोपिकमा ऐश्वर्या-अभिषेक

logo
प्रकाशित २०७४ भदौ १८ आइतबार
aish-abhi_1504408551.jpg

एजेन्सी । बलिउड निर्माता तथा निर्देशक  संजय लीला भंसाली  साहिर लुधियानवीको जीवनीमा  चलचित्र बनउने तयारीमा  रहेका छन‍् । सो वायोपिक चलचित्रमा अभिषेक बच्चन साहिरको भुमिकामा देखिने छन् । चलचित्रमा  प्रियंका चोपडालाई अमृता प्रीतमको भुमिकामा लिने भनिएता पनि उनि छनौटमा परिनन् ।

 भारतीय संचारमाध्यमका अनुसार संजय लीला भन्सालीले सो भुमिकाको लागि ऐश्वर्या राय बच्चनलाई पक्का गरेका छन् । संजय र    ऐश्वर्याबीच भएको कुराकानीमा ऐश्यर्वाले चलचित्रमा अभिनय गर्न सहमति जनाएकी छन् । यदि यस्तो भए ऐश र अभिको जोडि पर्दामा पुन सँगै देखिनेछ ।

वायोपिकको निर्देशन जसमीत रीनले गर्ने छन् । चलचित्रको सुटिङ सन् २०१७ को अन्त्यसम्मा सुरु हुनेछ ।  ऐश्वर्या र अभिषेकको यो  नौवौ चलचित्र हुनेछ । दुवैले सन् २००३ मा रोहन सिप्पीको चलचित्र ‘कुछ ना कहो’ मा पहिलो पटक सँगै अभिनय गरेका थिए ।

साहिर लुधियानवी भारतका प्रसिद्ध शायर तथा गीतकार हुन् । उनको जन्म  ८ मार्च १९२१ लुधियानामा भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ