arrow

संसदबाट संघीयता कार्यान्वयनका लागि ऐतिहासिक विधेयक पारित

logo
प्रकाशित २०७४ भदौ १९ सोमबार

काठमाडौं । व्यवस्थापिका संसद्को सोमबारको बैठकले एउटा ऐतिहासिक विधेयक पारित गरेको छ । सोमबारको बैठकले राज्य व्यवस्था समितिबाट पारित भई आएको प्रदेश सभा निर्वाचनको व्यवस्था गर्न बनेको विधेयक बहुमत द्वारा पारित गरेको हो । 

गृहमन्त्री जनार्दश शर्माले प्रदेश सभाको निर्वाचनको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्तावमाथि संसद्को बहुमत सदस्यले पारित गरेको हो । पारित गराईयोस् भन्ने प्रस्ताव पेश गर्दै गृहमन्त्रीले यो दलहरुलाई प्रतिबन्ध लगाउन नभई व्यवस्थित गर्नको लागि थ्रेस होल्डको व्यवस्था गरिएको स्पष्ट पारे । उनले यो ऐतिहासिक व्यवस्था गरिएको भन्दै यसबारे आफू एकदमै खुशी भएको बताए । 

सो विधेयकको सम्बन्ध संसद् नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवालले मात्र्र यस विषयमा संसद्मा आफ्नो धारणा राखेका थिए । कूल १० परिच्छेद र ८१ दफा  सहितको सो विधेयकमा १.५ प्रतिशत थ्रेस होल्डको व्यवस्था गरिएको छ । 

नेपालमा अहिलेसम्म प्रदेश सम्बन्धी व्यवस्था नरहेको र स‌ंघीयता कार्यान्वयनका लागि प्रदेश सभाका सदस्यहरुको व्यवस्था अनिवार्य रहेकोले यो विधेयक नेपालमा स‌ंघीयता कार्यान्वयनको लागि महत्वपूर्ण एव‌ं ऐतिहासिक विधेयकको रुपमा मानिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ