arrow

नेपाली कांग्रेस सिन्धुलीमा को नेता के पदमा उठ्दैछन्?

अधिवेशनको चटारो शुरु

logo
प्रकाशित २०७२ पुष २८ मंगलबार
congress-flag.jpg.jpeg.jpeg
राजन परियार, सिन्धुली। नेपाली कांगसको आसन्न १३ औं महाधिवेहनको चटारो यतीवेला देशैभर लागेको छ। नेपाली कांग्रेस सिन्धुलीमा पनि अधिवेसनको प्रभाव अत्याधिका रुपमा परेको छ। माघ १५ गतेवाट शुरु हुने गाउँ तथा नगर अधिवेशनको तयारीका लागी सधै राजधानी वस्ने नेताहरु यतिवेला जिल्लास्थित गाँउगाँउ आ–आफ्नै प्रचार–प्रसारमा जुटेका छन्। आफुले लिन चाहेको पद खुस्किने पो हो कि भन्ने पिरलोले कहिल्यै नपुग्ने कार्यकर्ता घर–घरमा पुगी आफूलाइ सहयोग गर्न आग्रह गर्दै रातदिन पुगिरहेका छन्।
 
अर्को रमाइलो कुरो के भने सामाजिक संञ्जाल फेसवुक र ट्विटरहरुमा विजय अभियान भन्दै मत माग्न थालिएको छ। फेसवुकमा सवैभन्दा पहिला उज्वल वराल विजय अभियान भनेर प्रचार–पसार थालनी भएको थियो भने त्यस लगत्तै उपेन्द्र पोखरेल विजय अभियान भनेर सुरुवात गरिएको छ। नेपाली कांग्रेस सिन्धुलीका अनुसार यस्ता प्रचार–प्रसार अभियान अझै बढ्ने आँकलन गरिएको छ।
 
जिल्लामा सभापती देखी अन्य पदका आकांक्षी नेताहरु धेरै नै छन्। सिन्धुलीका तीनवटै क्षेत्रमा सवैभन्दा वढी महाधिवेशन प्रतिनिधिका लागी कडा प्रतिस्पर्धा हुने देखिएको छ। स्रोतका अनुसार लामो समय देखी पार्टीमा लागेका र युवा पुस्ताविच कडा प्रतिस्पर्धा हुनेछ। तर पद गुट उपगुटका आधारमा र चाकडीका आधारमा पाउने गरेको युवा पुस्ताहरु आरोप लगाउछन्। 
 
सिन्धुली क्षेत्र नं १ का पुर्व स्वास्थ्य मन्त्रि समेत रहेका विपिन कोइराला अहिले जनताका घर घरमा पुगेर मत माग्न थालेका छन्। कोइराला २०७० सालको संविधान सभाको चुनावमा क्षेत्र नं १ कै उमेद्वार थिए तर उनी आफ्नै कारण पराजीत भए। पहिले देखी संस्थापन गुटमा रहदै आएका कोइराला उमेदवारको टिकट नपाएपछी देउवा गुटमा गएपछि टिकट पाएका थिए। तर कोइराला सस्थापन पक्षधर नेता भनेर चिनिन्छन्। साथै कार्यकर्ताहरुले कोइरालालाई अडान नराख्ने नेताको रुपमा आरोपित गर्न थालेका छन्। उनी फेरी संस्थापनतिरै फर्कने नर्फकने दोधार देखिन्छन्। अव आउदै गरेको महाधिवेशनमा केन्द्रिय सदस्यमा उठ्ने उनको तयारी छ।
 
त्यसैगरी आसन्न १३ औ महाधिवेशनमा सिन्धुलीमा जिल्ला सभापती, सचिव र महाधिवेशन प्रतिनिधिमा कडा प्रतिस्पर्धा हुने देखिन्छ भने कोषाध्यक्ष र उपसभापतीमा त्यती धेरैको रुची वढेको पाइदैन्। 
 
जिल्ला अधिवेशनका लागि महाधिवेशन प्रतिनिधी छनौट भएर आएमा जिल्ला सभापतीमा लामो समयदेखी कानुनी क्षेत्रमा रही लोकप्रिय वनेका सिन्धुली क्षेत्र नं १ का उमेद्वारहरु देउवा पक्षधर भनेर चिनिएका प्रेमचन्द्र दाहाल, देउवा पक्षकै विनोद गुरुङ्ग र हाल सिन्धुली क्षेत्र नं १ का क्षेत्रिय सभापती रहेका सस्थापन पक्षधर नेता कृष्ण गौतमको प्रतिस्पर्धा हुने छ। जिल्ला सचिवमा नेपाल शिक्षक संघ सिन्धुलीका अध्यक्ष प्रेमप्रसाद भट्टराइले आफ्नो उमेद्वारी दिनेभएका छन्। भट्टराइ संस्थापन पक्षधर नेता हुन् र त्यसैगरी महाधिवेशन प्रतिनिधीको लागी सस्थापन पक्षधर नेताहरु गंगा दाहाल, भवानी अधिकारी, मोहन वहादुर कार्की, ध्रुव पहाडी, रिमनाथ अधिकारी, गंगा गिरी, चेत वहादुर विक, नारण दियाली, मान वहादुर परियार, छन् भने देउवा पक्षधर नेताहरु रित वहादुर परियार, लाल वहादुर थापा, अर्जुन गरुङ्ग, छलकुमारी सापकोटा, रामनाथ अधिकारी लगाएतका नेताहरुको उमेद्वारी दिने देखिन्छ । सिन्धुली क्षेत्र नं १ मा विपिन कोइराला पक्षको र प्रेमचन्द्र दाहाल पक्षको प्रतिस्पर्धा हुने देखिन्छ। 
 
त्यसैगरी सिन्धुली क्षेत्र नं २ मा भने को कुन पक्षका हुन् अहिलेनै छुट्याउन कठिन छ। जिल्ला सभापती पदका लागि वर्तमान पार्टी सभापती तथा सिन्धुली क्षेत्र नं २का सांसद मोहन प्रसाद वराल, युवा नेता तथा हाल महासमिती सदस्य उज्वल प्रसाद वराल र वर्तमान पार्टी सचिव उपेन्द्र पोखरेलको सभापती पदका लागी प्रतिस्पर्धा हुन सक्छ। उनिहरु तीनै जना सस्थापन पक्षका नेताहरु हुन भने अर्का देउवा पक्षका सभापती पदका उमेद्वार माणिक ढकाल रहेको नेपाली कांग्रेस सिन्धुली स्रोतले जनाएको छ। सचिव पदका लागी सस्थापन पक्षका कृष्ण प्रसाद दाहाल र अच्युतम ढकाल रहेका छन् भने देउवा पक्षवाट दिपक धिमिरे र शेखर मिश्र रहेका छन्। त्यसैगरी महाधिवेशन प्रतिनिधिका लागी झन्डै दुई दर्जनको हाराहारीमा उमेद्वार देखिएका छन्। जसमा संस्थापन पक्षधर नेताहरु चिरन्जिवी ढकाल, बलराम वराल, उत्तम कुमार अधिकारी, विश्वनाथ कोइराला, गणेश बराल, जनक तोलाङ्गे, गोकर्ण तोलाङ्गे, दिनेश अधिकारी छन् भने देउवा पक्षधरका नेताहरु दिपक मिश्र, मिन वहादुर श्रेष्ठ, राजन अधिकारी, दिनेश अधिकारी, शम्भु राउत, उत्तम कुमार अधिकारी लगाएत धेरै पुराना र युवा नेताहरुले उमेद्वारी दिने पक्कापक्की छ। 
 
क्षेत्र नं २ मा सभापती पदका लागी संस्थापन पक्षले आ–आफ्नै गुट वनाएका छन्। जस्तो कि उज्वल प्रसाल वराल र उपेन्द्र पोखरेलले त खुलेरै गुट वनाइ चुनावी प्रचार–प्रसार थालेका हन्। दुवैको विजय अभियान भनेर सामाजिक सञ्जालमा आउनुले समेत यसलाइ पुष्टि गदर्छ। उनिहरु दुवै संस्थापन पक्षमा दरिएका छन्। अर्को तर्फ संस्थापन पक्षका मोहन प्रसाद वराल भने प्रचार अभियानमा लागि सकेका छैनन्। मोहन वराल सर्वसम्मत सभापती हुने दाउमा आन्तरिक गठवन्धनमा लागेको स्रोतको दावी छ। संस्थापन पक्षकै मारामारी चल्दा पद फुत्क्याउने दाउमा वर्तमान सभापती वराल छन् जसमा उनको पल्लाभारी हुन सक्ने देखिन्छ। उता माणिक ढकाल भने देउवा पक्षका एकमात्र निर्विकल्प उमेद्वार भएको र संस्थापन पक्षको लडाइको फाइदा उनलाइ प्रत्यक्ष पुग्ने देखिन्छ। १२ औ महाधिवेशनमा ढकालले जिल्ला सभापतीमा दोस्रो मत पाएका थिए। ढकाल देउवा पक्षधर मात्र नभइ बिमीलेन्द्र निधीसँग एकदमै नजिक रहेको स्रोतको भनाइ छ। 
 
त्यसैगरी सिन्धुली क्षेत्र नं ३ वाट जिल्ला सभापती पदका लागी एक मात्र देउवा पक्षका उमेद्वार खड्ग वहादुर वाइवा रहेका छन् भने सचिव पदका लागी संस्थापन पक्षका सरद आचार्य, नवराज श्रेष्ठ (आकास) छन् भने देउवा पक्षका विवस वाइवा रहेका छन् । साथै संस्थापन पक्षवाट महाधिवेशन प्रतिनिधिहरुमा नरेन्द्रजंग थापा, कपिल कोइराला, यशोदा कोइराला छन् भने देउवा पक्षका दिपशिखा ढकाल, जय ढकाल, रंगराज खतिवडा, होमराज दाहाल, केशव प्रसाद भट्टराइ, दोर्जे स्याङ्तान, कान्छामान वल, कुमार ढकाल, कृष्णकिशोर श्रेष्ठ, बाबुराम भट्टराइ, श्यामकाजी श्रेष्ठ, सरोज मैनाली, भक्त वहादुर वाइवा, विदुर वाइवा, विक्रम घलान, शान्ता कार्की, पार्वती सुनुवार लगाएतका नेताहरु आकांक्षी रहेका छन्  क्षेत्र नं ३ मा देउवा पक्ष संस्थापन पक्ष भन्दा वलियो देखिन्छ।
 
यस पटकको सिन्धुलीमा कांग्रेसको प्रतिस्पर्धा जिल्लामा मात्र नभएर क्षेत्रमा पनि कडा हुने देखिन्छ। क्षेत्रिय सभापती पदमा समेत यो पटक निर्विरोधको कुनै गुञ्जायस नै नरहेको कांग्रेसवृत्तमा चर्चा छ। सिन्धुली क्षेत्र नं १ मा क्षेत्रिय सभापती पदको लागि कर्ण वहादुर थापामगर, रमेश गौतम र अर्जुन गुरुङ्गको प्रतिस्पर्धा हुने भएको छ। आफ्नो लाइनको भागवण्डा मिलाउदा निर्विरोध भएमा वर्तमान सभापती कृष्ण गौतम समेत लालसा देखाएका छन्। त्यस्तै क्षेत्र नं २ को क्षेत्रीय सभापतीमा श्यामहरी अधिकारी, सुमन प्रसाद कोइराला, जुनेश खड्का, होम श्रेष्ठ, राजन अधिकारी, कृष्णहरी अधिकारी लगाएतका नेताहरु आकांक्षी रहेका छन्। त्यसैगरी क्षेत्र नं ३ मा महेश खतिवडा, जगत वहादुर भोलान, कपिल कोइराला लगाएत नेताहरु दावेदार देखिन्छ। संसदीय निर्वाचनमा प्रत्यक्ष तथा समानुपातीकका उमेद्वारको सिफारिस लगाएत अन्य सांगठनिक गतिविधि र सरकारी निकायमा प्रतिनिधित्व समेत हुने भएकोले क्षत्रिय सभापती पद वलियो मानिन्छ ।
 
त्यस्तै यस पटकको अधिवेशनमा जिल्ला कार्यसमितिमा आउन सयौ युवाहरुले चाहना गरेका छन्। कार्यसमितिलाइ वलियो वनाउनका लागि यस पटक युवाहरुलाइ नै प्राथमिकता दिने विश्वास कांग्रेसजनमा छ। तर विडम्वनाको कुरा युवाहरुले हत्तपत्त जिम्मेवारी नपाउने, क्षमताका आधारमा नभइ नातावाद र कृपावादको आधारमा पद पाउने र जसले चाकडी गर्न सक्छ उसलाइ माथी पुर्‍याउने साथै पदकै लागी चाकडि गर्न कतिपय नेताहरु दिनानुदिन केन्द्रतिर धाउने गरेको युवा नेताहरुको आरोप छ।साथै यसअघि आरक्षणकोटामा निर्विरोध हुने गरेकोमा धेरैजसो पदमा प्रतिस्पर्धा हुनसक्ने नेपाली कांग्रेस स्रोत सिन्धुलीले वताएको छ। 
 



नयाँ