arrow

पूर्व पत्निले गरिन् ऋतिकको बचाउ, क‌ंगनालाई दिईन् यस्तो जवाफ

logo
प्रकाशित २०७४ भदौ १९ सोमबार
kangana-7591.jpg

एजेन्सी । चलचित्र 'सिमरन' को प्रचारका लागि कंगना रनौत हालै भारतीय टिभि शो 'आपकी अदालत' पुगेकी छन् । शोमा कंगनाले आफ्नो र  ऋतिक रोशनको कथित सम्बन्धका बारे खुलेर  कुरा गरेकी थिइन् ।

 कंगनाले ऋतिक र उनको परिवारमाथि कयौ आरोप लगाइन् । यसैबीच ऋतिकको बचाउ गर्न सुजैन खान उत्रिएकी छन् ।  ऋतिकसँग सम्बन्धबिच्छेद  गरेकी सुजैनले ऋतिकको सपोर्टमा ट्वीट गर्दै कंगनाको आरोपको प्रतिउत्तर दिएकी छन् ।  

सुजैनले ट्विट गर्दै ऋतिकमाथि उनको पुर्ण  विश्वास रहेको र पछि पनि रहने बताएकी छन् ।  सुजैनले लेखिन् , "कुनै पनि आरोप र षड्यन्त्रमा त्यत्रो शक्ति  हुदैन कि उसले सहि आत्मामाथि  विजय पाउन सकोस।"

ऋतिक र सुजैन सन् २०१४ मा सम्बन्धबिच्छेद गरेका हुन् । यसपछि पनि उनिहरु दुवैसँगै देखिने गरेका छन् ।  सुजैनको ट्वीटले उनको र ऋतिकबीच कुनै मनमुटाव नरहेको प्रष्ट पारेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ