arrow

सुन तस्करीमा बाटो ‘क्लियर’ गर्न सुन कै जलपमा विशेष चिह्न अंकित गाडी 

logo
प्रकाशित २०७४ भदौ २१ बुधबार
88kg-gold.JPG

काठमाडौं । ८८ किलो सुन फेला परेको बा १७ च ६४२७ नम्बरको गाडीको देब्रेतिर सुनको जलप लगाएको विशेष चिह्न थियो, जसमा अंग्रेजीमा लेखिएको थियो– भिआइपी ।

विशेष चिह्नको माथिल्लो भागमा मुकुट थियो भने तल्लो भागमा चिनियाँ अक्षरसँगै सानो अक्षरमा भिआइपी लेखिएको थियो । केरुङ हुँदै चिनियाँ पर्यटक ओसार्न प्रयोग हुने त्यो गाडी कुनै भिआइपीको थिएन ।

विशेष चिह्न प्रयोग गर्नुको कारण थियो सुन तस्करीका लागि ‘लाइन क्लियर’ गर्ने । केरुङबाट नुवाकोटसम्म पुग्दा बाटोमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासमेत गरेर १२ वटा नाका पार गर्नु पर्छ । त्यसपछि नुवाकोट र धादिङका विभिन्न ठाउँमा गरी दुई दर्जन ठाउँमा सुरक्षा पोस्ट छन् ।

सेटिङ मिलेका ती नाकाका सुरक्षाकर्मीले सहजै पहिचान गरुन् र सेटिङ नमिलेका प्रहरीले भिआइपी सवार गाडी भनेर चेक फितलो बनाउन् भन्ने उद्देश्यले भिआइपी चिह्न प्रयोग गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

स्रोतका अनुसार सुन तस्करीमा यस्तै प्रकृतिका अन्य ६ वटा गाडीसमेत रहेको प्रारम्भिक सूचना आएको छ, ती गाडी केरुङ–काठमाडौं आवतजावत गरिरहन्छन् । ती गाडीका चारजना चालकमध्ये तीनजनालाई नियन्त्रणमा लिएको छ । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ