arrow

प्रशिक्षणलाई उपयोग गरेर बलियो बन्दै पौडेल

कोईराला र देउवा शसंकीत

logo
काठमाडौं ।
प्रकाशित २०७२ पुष २९ बुधबार
Ramchandra-Poudel-11.jpg.jpeg
 नेपाली काँग्रेसको केन्द्रीय निति तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा भएका प्रशिक्षण कार्यक्रमहरुलाई प्रतिष्ठानका संयोजक तथा पार्टीका उपसभापति रामचन्द्र पौडेलले महाधिवेशनका लागि उपयोग गरेका छन् । 
 
प्रतिष्ठानले विभिन्न ठाउमा गरेका प्रशिक्षण कार्यक्रमहरुमा उनले पार्टीका लागि अरु भन्दा धेरै आफु सक्रिय रहेको पनि देखाउन सफल भएका छन् । 
 
सभापति सुशील कोईरालाले कहिलेकाँही कार्यवहाकको जिम्मेवारी दिदा पनि सक्रिय भुमीका खेल्ने गरेका पौडेलले प्रतिष्ठानले आयोजना गरेका प्रशिक्षणमा आफु निकटका र आफुलाई महाधिवेशनमा सहयोग गर्ने संभावित नेताहरुलाई प्राथमिकता दिने गरेका छन् । 
 
सवैजसो कार्यक्रममा उनले सभापति कोईरालाका निकै निकट मानिने र बरिष्ठ नेता शेरबहादुर देउवा तथा उहाँका निकटका मानिने नेताहरुलाई पनि उनले संगै लैजाने गरेका छन् । 
 
प्रदेश नं. ७ को धनगढीबाट सुरु भएको प्रदेशस्तरीय प्रशिक्षणको उद्घाटन आफुले गरेपनि समापन गर्ने भने बरिष्ठ नेता देउवालाई लगेका थिए । धनगढीको कार्यक्रममा देउवापक्षका नेताहरुको बाहुल्यता थियो । विमलेन्द्र निधि, रमेश लेखक, एनपी साउद् लगायतका देउवा पक्ष नेता थिए भने कोईराला निकट मानिने डा. शशांक कोईराला, डा. रामशरण महत लगायतका नेताहरु पनि सहभागी थिए । 
 
त्यसैगरी विराटनगरमा भएको प्रदेश नं. २ को प्रशिक्षणमा पनि उनले आफै उद्घाटन गरेका थिए भने समापन गर्न कोईराला निटक मानिने डा. मिनेन्द्र रिजाललाई लगेका थिए । 
 
तेस्रो प्रक्षिणको रुपमा उनले आज बुधवार देखि भोली विहिवार सम्म चल्नेगरी पोखरामा प्रदेश नं. ४को प्रशिक्षणको आयोजना गरेका छन् । प्रशिक्षणको उद्घाटन बरिष्ठ नेता देउवालाई गराउदै छन् भने अर्जुननरसिंह केसी, डा. शेखर कोईराला सहितका नेताहरुलाई पनि लगेका छन् । 
 
प्रशिक्षणमा प्रदेश मातहतका सवै जिल्लाका जिल्ला तथा क्षेत्रिय सभापतिहरु र समावेशी महासमिति सदस्यहरुलाई बोलाईएको प्रतिष्ठानका सदस्य प्रताप पौडेलले जानकारी दिए । काँग्रेसको निति तथा कार्यक्रम, विधान, र नयाँ संविधानका बारेमा प्रशिक्षण केन्द्रीत भएको उनले बताए । प्रशिक्षणबाट पार्टीको विधान र नितिका बारेमा सुझाव संकलन गर्ने गरिएको उनको भनाई छ । 
 
प्रतिष्ठानले आगामी माघ २ देखि ४ गते सम्म प्रदेश नं. ४को दाङमा, माघकै ५ गते देखि ७ गते सम्म प्रदेश नं. ६को सुर्खेतका प्रशिक्षण कार्यक्रम तय गरिसकेको छ । 
 
प्रतिष्ठानका सवै कार्यक्रममा पार्टी सभापति कोईरालालाई नै प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएपनि उहाँ आफ्नै कारणले सहभागी हुन नपाउनु भएको प्रतिष्ठानका सदस्य पौडेलले जानकारी दिए । 
 
महाधिवेशन नजिकिदै गर्दा नयाँ संविधानको अन्तरबस्तुका बारेमा जानकारी गराउने र पार्टीको विधान तथा नितिका बारेमा सुझाव लिने कार्यक्रम निकै उपयोगी र सान्दर्भीक भएको प्रशिक्षणमा सहभागी स्थानीय नेताहरुको भनाई छ । “उपसभापति पौडेल पार्टीका शिर्ष नेताहरु मध्ये पार्टीका लागि सवै भन्दा धेरै काम गर्ने नेता हुन् भन्ने छाप मज्जाले परेको छ,” एक नेताले भने । 
 
“पार्टीका ४२ ओटा विभाग छन्, तर सभापति कोईरालाको कार्यकालमा तिनिहरुले केही गरेको थाहा पाईएन, पार्टीका जे जति गतिविधि भएको थाहा पाईयो, ति सवै यही प्रतिष्ठानले गरेको मात्रै थाहा पाईयो, त्यसैले उहाँको सक्रियतालाई मान्नै पर्छ,” अर्का एक सहभागीले अनुभव सुनाए। 
पार्टीको सभापतिका लागि उमेदवारी घोषणा गरिसकेका व्यक्तिले पार्टीको साझा मंचको रुपमा रहेको प्रतिष्ठानलाई महधिवेशनका लागि उपयोग गरेको भन्दै देउवा पक्षका नेताहरुले भने राम्रो मानेका छैनन् । प्रशिक्षण कार्यक्रमले उनको उमेदवारीलाई बलियो बनाएकोमा कोईराला निकट र देउवा निकटमा नेताहरु शसंकीत छन् । तर पौडेलको प्रशंसा गर्ने स्थानीय नेताहरु भने पौडेललाई काम गर्ने नेताको रुपमा लिएपनि उमेदवारीबाट पछाडी हट्ने आशंका छन् । उनीहरुको आशंकालाई उपसभापति पौडेलले यसपटक सत्य सावित हुन नदिने दावी गर्दै आईरहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ