arrow

दुई वर्ष पछि नाटकमा देखिँदै दयाहाङ राई

नाटकमा जय मुकारुङ नामक लेखकका रुपमा दया देखिनेछन्

logo
प्रकाशित २०७२ पुष २९ बुधबार
Daya.jpg.jpeg
काठमाडौं । दुई वर्ष अघि नाटक ‘कोर्ट मार्सल’मा देखिएर फिल्मको काममा व्यस्त भएका अभिनेता दयाहाङ राई पुनः रंगमञ्चमा देखिने भएका छन् । सोमराज खनालको निर्देशनमा तयार भएको नाटक ‘...र माईलो (एउटा लेखकको जीवनको एक अध्याय) ’मा दयाहाङलाई मुख्य पात्रका रुपमा देखिईन लागिएको हो । नाटक माघ १ गतेबाट मण्डला थिएटर अनामनगरमा मञ्चन हुँदैछ ।
 
नाटकमा जय मुकारुङ नामक लेखकका रुपमा दया देखिनेछन् । ‘नाटकको मुल पात्र लेखक जयको जीवनमा पनि धेरै समस्याहरु एकैपटक आइपर्छन् । सबै समस्याहरुलाई टाल्न खोज्दाखोज्दै उनि आफैँ भत्किन्छन् । कसैलाई पनि ‘नाइँ’ भन्न नसक्नु, आफूले रोजी आएको जीवनपद्धति त्याग्न नसक्नु र आफू वरिपरिका सबैलाई खुशी बनाउने प्रयास गर्नुबीचको भूमरीमा लेखक जाकिन्छन् र जीवनलाई निश्चित अर्थ दिने काममा असफल हुन्छन् ।’ निर्देशक खनालले भने ।

दोस्रो महायुद्धपछिको फ्रान्सका प्रसिद्ध नाटककार जाँ अनोँईको नाटक ‘एपिसोड ईन द लाईफ अफ एन अथर’लाई सोमराजले नेपालीकरण गरेर यो नाटक बनाएका हुन् । 

नाटकमा दयाहाङसहित सिर्जना सुब्बा, सिर्जना अधिकारी, पशुपति राई, संयोग गुरागाईं, मिलन कार्की, जलन लामिछाने, लक्ष्मी बर्देवा, मिश्री थापा, राजन खतिवडा, बुद्धि तामाङ, बिकास जोशी, आयान खड्का, अमर भण्डारी र बिजय बरालको अभिनय रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ