arrow

प्रेममा आर्यन हारे पछि (भिडियो)

अभिनेता आर्यन र अभिनेत्री नम्रता यो फिल्ममा दृष्टिबिहिन भूमिकामा छन् ।

logo
प्रकाशित २०७२ पुष २९ बुधबार
Hare-Aryan.jpg.jpeg
काठमाडौं । अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठलाई फिचरिङ गरिएको फिल्म ‘क्लासिक’को ‘हारे हारे’ बोलको गीत सार्वजनिक भएको छ । युटुबबाट सार्वजनिक गरिएको गीतको भिडियोलाई कोरियोग्राफर रेनशा राइले उत्कृष्ट बनाएकी छिन् ।

प्रेममा हारेपछि एक यूवकले गाउने गीतमा तयार भएको छ, हारे हारे । अभिनेता आर्यन र अभिनेत्री नम्रता यो फिल्ममा दृष्टिबिहिन भूमिकामा छन् । आर्यन सिग्देल र सुवास गिरीले मिलेर निर्माण गरेको यो फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन् । माघ २९ गतेबाट फिल्म देशभर रिलिज हुनेछ ।

यो गीतमा यूवराज चौलागाइको स्वर, ताराप्रकाश लिम्बुको संगीत, दिनेश राउतको शब्द छ । यो गीतको अडियो सार्वजनिक भएसँगै यसलाई रुचाइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ