arrow

विद्यालय गएका शिक्षक घर फर्केनन्, गए कता ? 

logo
प्रकाशित २०७४ भदौ २२ बिहिबार
teacher.jpeg

नवलपरासी । नवलपरासीमा एकजना शिक्षक बेपत्ता भएपछि आफन्तले खोजी गरिदिन भन्दै इलाका प्रहरी कार्यालय कावासोतीमा निवेदन दर्ता गराएका छन् । 

नवलपरासीको कावासोतीका रामप्रसाद चापागाईं देबचुली नगरपालिकामा रहेको विश्वज्योति बोर्डिङ स्कूलमा पढाएर घर नफर्किएको भनी परिवारजनले प्रहरीमा निवेदन दिएका हुन् । 

गत भदौ १६ गते शुक्रबार विद्यालयमा पढाएर हिँडेका रामप्रसाद घर नआएपछि बुधबार प्रहरीमा श्रीमती संगिता र बुबा दुर्गादत्त चापगाईंले निवेदन दर्ता गराएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ । 

रामप्रसादकी श्रीमती संगिताले भनिन्, -विद्यालयबाट ४ बजे निस्किएको विद्यालय प्रशासनले जानकारी दियो तर पाँच दिनसम्म पनि उहाँ आउनुभएन । फोन सम्पर्क गर्दासमेत सम्पर्क हुन नसकेको उनले बताइन् । 

पैसट्ठी वर्षीय बुबा र २५ वर्षीया श्रीमतीले प्रहरीमा निवेदन पेश गर्दै भने, आउनुहुन्छ होला भन्दै बाटो हेरेको हेरै भइयो, तर आउनुभएन, त्यसैले प्रहरीमा निवेदन दर्ता गर्न आएका हौँ । 

रामप्रसाद के कारणले हराए भन्ने विद्यालय र परिवारलाई थाहा छैन । कावासोतीबाट चार किलोमिटर दूरीमा रहेको उक्त विश्वज्योति बोर्डिङ्मा उनी गत वैशाखदेखि पढाउन थालेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ