arrow

बाढीपीडितलार्इ सहयोग गर्न गएको नेविस‌ंघ टोली काङ्ग्रेस जिताएर मात्रै फर्किने 

logo
प्रकाशित २०७४ भदौ २२ बिहिबार
nebisangh-bidad.jpg.jpeg

काठमाडौं । बढीपीडितको आहातमा मलमा लगाउन तराई झरेका नेविसंघका कार्यकर्तालाई दुई नम्बर प्रदेशमा हुन गैइरहेको स्थानीय चुनावमा काङ्ग्र्सलाई जिताउन परिचालन गर्ने  निर्णय गरेको छ । एक हप्ता अगाडि बसेको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार सो प्रतिनिधि खटाएको कुरा नेबिसंघ केन्द्रिय अध्यक्ष नैनसिंह महरले बताएका छन् । 

राहात बितरणमा गाउँ गाउँ खटेका युवा बिद्यार्थीहरुलाई काङ्ग्रेसका उमेदवारको  प्रचार सगै राहात कार्यक्रममा समेत बिशेष ध्यान पुर्याउन निर्देशन दिएका छन् । यस अघि नै नेपाल बिद्यार्थी संघ केन्द्रीय समितिले तराईका बढीपीडित बालबालिका, सुत्केरी महिला तथा जेष्ठ नागरिकलाई लक्षित  गरी ६० लाख बराबरको राहात बितरण गरिसकेको छ । 

दुई नम्बर प्रदेश का १३६ स्थानिय तहमा भोलि बेलुकासम्म सम्पूर्ण प्रतिनिधि पुग्ने र चुनाव सम्पन्न गरेर मात्र केन्द्र फर्कने कार्य आदेश यस अघिको केन्द्रीय समितिको बैठकले निर्णय भएकाले सोही अनुसार गर्न नेबिसंघ अध्यक्ष महरको निर्देशान भएको छ । खटेका प्रतिनिधिले आगामी अधिबेशन  लक्षित  गरी सदस्यता नवीकरण तथा नयाँ सदस्य बितरण गर्ने कार्य समेतसँगै लैजाने अध्यक्ष महरले बताएका छन् । 

चुनावमा खटिएका प्रतिनिधिहरुले स्थानीय युवा विद्यार्थी सम्मिलित निर्वाचन परिचालन तथा प्रचार प्रसार समिति निर्माण गरी चुनावमा होमिने तयारी गरेको छ । यस चुनावमा नेबिसंघले प्रत्येक बुथमा स्वय‌ंसेबक समेत खटाइ अपाङ्ग तथा जेष्ठ नागरिकको सहयोग गर्न निर्देशन् दिएको अध्यक्ष महरले बताएका छन्।    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ