arrow

राप्ती आँखा अस्पताल अब अत्याधुनिक भवनमा 

logo
शरद रेग्मी,
प्रकाशित २०७४ भदौ २२ बिहिबार
eye1.jpg

दाङ । राप्ती आँखा अस्पताल अब अत्याधुनिक भवनमा सञ्चालन हुने भएको छ । बुधबार निमार्णाधीन बहिरङ भवनको  शिलान्यास गरेपछि अस्पताल अब केही समयमा नै अत्याधुनिक भवनमा सर्ने निश्चित भएको हो । कार्यक्रममा बोल्ने बक्ताहरुले आँखा अस्पताललाई राप्ती अञ्चलको नमुना तथा सुविधा सम्पन्न अस्पतालको रुपमा विकास गर्ने बताएका छन । 

बक्ताहरुले राप्ती आँखा अस्पतालले राप्ती अञ्चलमा अन्धोपन निवारणका लागि अह्म भुमिका निर्वाह गरेको भन्दै अस्पताललाई नमुना अस्पताल बनाउने बताएका हुन । भवनको शिलान्यास सांसद वुद्धिराम भण्डारी, स्थानीय दाता नारायण आचार्य, दातृनिकायका प्रतिनिधि हरिशरण विष्ट र नेपाल नेत्रज्योति संघ दाङका सभापति कृष्णकुमार गिरीले संयूक्त रुपमा गरेका हुन्। 

अस्पताल परिसरमा निर्माण हुन लागेको भवनको लागत स्टमेट पाँच करोड ३९ लाख ५८ हजार रहेको छ । शिलान्यास कार्यक्रममा बोल्ने वक्ताहरुले अस्पतालले अगाडि सारेको गुरुयोजनालाई सम्पन्न गर्न सवैको सहयोग आवश्यक परेको बताएका थिए ।

नेपाल नेत्रज्योति संघ दाङका सभापति तथा केन्द्रीय सदस्य कृष्णकुमार गिरीको अध्यक्षता सांसद वुद्धिराम भण्डारीको प्रमुख आतिथ्य तथा एनए वीपीका प्रोजेक्ट म्यानेजर हरिशरण विष्ट, प्रदेश नं ५ का इन्र्चाज एआइजी मिङ्गमार लामा, दाता नारायणी शाह, १९ नम्वर वाहिनी पति विनोद पाण्डे र दाता नारायण आचार्यको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा समाज सेवि प्रकाश आचार्यले अस्पताललाई ५ लाख सहयोग गरेका थिए । 

सो चेक उनका पिता नारायण आचार्यले नेत्रज्योति संघलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा दाता नारायण आचार्यले अस्पतालले दिएको सेवा प्रभावकारी भएको भन्दै आगामी दिनमा पनि आफुहरुको सहयोग निरन्तर हुने बताए । 

कार्यक्रममा एनएवीपीका प्रोजेक्ट म्यानेजर हरिशरण विष्टले अस्पतालको विकाश र विस्तारका लागी दाताहरु संगै स्थानीयहरुले पनि सहयोग गरेको भन्दै आफुहरुले पनि सहयोग गर्ने प्रतिवद्धता जनाए । 

शिलान्यास कार्यक्रममा नेपाली काँग्रेस दाङका सभापति किर्तीबहादुर खड्का, नेपाल नेत्रज्योति संघ दाङका संस्थापक सभापति डा. घनश्याम डाँगी, सल्लाहकार ढुण्डीराज लामिछाने, दाता भगवती शर्मा आचार्य, लमही नगरविकाश समितिका अध्यक्ष घनश्याम सुवेदी,नागरीक समाज दाङका संयोजक टिकाराम रेग्मी, अस्पतालका चिफ मेडिकल डाइरेक्टर डा.सुलक्ष्मी कटुवाल, वडा नं ४ का अध्यक्ष बालकृष्ण रानालगायतले अस्पतालको विकाशमा सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको थियो । 

सो अवसरमा संघका सभापति कृष्णकुमार गिरीले पछिल्लो समयमा अस्पतालको भौतिक र सेवा विस्तारमा आफुहरु लागेको भन्दै अस्पतालको गुरुयोजनालाई सफल पार्न यहाँका सरोकारवाला सवैको सहयोग आवश्यक परेको बताए । उनले सहयोग गर्ने दाताहरुलाई धन्यवाद दिदै सहयोगको अपेक्षा समेत गरे । 

शिलान्यास कार्यक्रममा स्वागत संघका उपाध्यक्ष रेशमबहादुर खड्काले गरेका थिए । कार्यक्रमको सहजीकरण सहसचिव चिरञ्जीवि रिजालले गर्नु भएको थियो । सो आवसरमा अस्पतालको गति विधिका वारेमा सहभागीहरुलाई वरिष्ठ प्रशासकिय अधिकृत शम्सेर थापाले जानकारी गराएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ