arrow

ऐश्वर्याले रेखालाई आमा भन्दा अमिताभ शान्त(भिडियो)

रेखाको पाउ छोएर अंगालो मारेकी ऐशले अवार्ड थाप्दै ‘आमाको हातबाट अवार्ड लिनु सम्मानको कुरा भएको’ बताएकी थिईन्

logo
प्रकाशित २०७२ पुष २९ बुधबार
Aish.jpg.jpeg
मुम्बई । बलिउड बीग बी अमिताभ बच्चन र अभिनेत्री रेखाबीचको प्रेमको किस्सा कहिँ कतै लुकेको छैन । हालै भएको स्टारडस्ट अवार्डमा बच्चन परिवारकी बुहारी ऐश्वर्या रायले रेखालाई ‘आमा’ भनेर सम्बोधन गरिन्, त्यो माहौंल रोचक बनेको थियो । ऐश्वर्याले आमा भनेर रेखालाई बोलाउँदा अमिताभ शान्त र गम्भीर मुद्रामा देखिए ।

ऐश्वर्यालाई उनको कमब्याक फिल्म ‘जज्बा’का लागि पावर पैंक परफरमर अवार्डबाट सम्मान गरिएको कार्यक्रममा उनले रेखाबाटै अवार्ड लिएकी थिईन् । अवार्ड लिन स्टेजमा जाँदा रेखाको पाउ छोएर अंगालो मारेकी ऐशले अवार्ड थाप्दै ‘आमाको हातबाट अवार्ड लिनु सम्मानको कुरा भएको’ बताएकी थिईन् । उनले यसो भनिरहँदा दर्शकहरु अचम्मित भएका थिए ।

रेखा र अमिताभको प्रेमको किस्साको विषय जहिले पनि चर्चामा नै रहन्छ । यो जोडीलाई हरेक सुन्दर जोडी एक आईडियल मान्दथे, तर जया बादुरीसँग अमिताभको विवाह भएपछि उनीहरुको प्रेममा दरार आयो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ