arrow

उच्चस्तरीय शिक्षा आयोग गठन

logo
प्रकाशित २०७४ भदौ २२ बिहिबार
Education-ministry.jpg.jpeg

काठमाडौँ । प्रारम्भिक बालविकासदेखि विश्वविद्यालय शिक्षाको नीति, कार्यक्रम र संगठन तर्जुमा गर्न उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठको अध्यक्षतामा उच्चस्तरीय शिक्षा आयोग गठन भएको छ ।

मन्त्रिपरिषद्को यही भदौ १९ गतेको बैठकको निर्णयअनुसार आयोग गठन भएको शिक्षा मन्त्रालयका प्रवक्ता एवं आयोगका सदस्यसचिव डा हरि लम्सालले जानकारी दिए ।

आयोगमा शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी, व्यवस्थापिका–संसद्, महिला बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिका सभापति रञ्जुकुमारी झा, पूर्वशिक्षामन्त्री डा गंगालाल तुलाधर र धनीराम पौडेल, सांसद्हरु जीवन परियार, उमेश श्रेष्ठ, गीता राणा, डा शिवजी यादव, जंगीलाल राय यादव, रुक्मिणी चौधरी, शिक्षाविद् केदारभक्त माथेमालगायत छन् ।

आयोगमा राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य, विभिन्न विश्वविद्यालयका उपकुलपतिहरु सदस्य हुनुहुन्छ भने केही सदस्य मन्त्रालयले पछि मनोनयन गर्नेछ ।

आयोगले पाँच महिनाभित्र संघ, प्रदेश र स्थानीय तहकाका अनुकूलका शिक्षा नीति, कार्यक्रम र संगठन, स्वरुप एवं सुधारसम्बन्धी प्रतिवेदन दिनेछ ।

यस्तै शिक्षामा तत्काल सुधार गर्नुपर्र्ने विषयमा सुधार दिन पूर्वसचिव विद्याधर मल्लिकको संयोजकत्वमा एक उच्चस्तरीय कार्यदल पनि गठन भएको जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ